अन्ततः राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता हुनेभयो
साउन २९ काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा विच हिजो साँझ भेटवार्ता भएको छ भेटवार्तामा को क्रममा नागरिकता विद्येयक प्रमाणीकरण र निकट भविष्यमा नै हुन लागेको संघ र प्रदेश चुनावको बारेमा छलफल गरिएको बताइएको थियो।
संसदको दुवै सदनबाट बहुमत का साथ पास भएको नागरिकता विधेयक प्रमाणित आज सम्म भएको छैन राष्ट्रपति कार्यालयले लामो समयदेखि उक्त विधेयक पास नगरी राखेपछि प्रधानमन्त्री देउवा सोही विषय र चुनावको बारेमा शीतल निवास पुगेको स्रोतको दाबी छ
राष्ट्रपति भण्डारीले भने आफूले नागरिकता विधेयक संशोधन गरेर मात्र पास गर्न राजी भएको बताउनुभएको आसय आएको र अझैपनि आफू कानुनि सल्लाह अनुसार नै चल्ने बताउनुभएको थियो ।त्यसो त नेकपा एमाले लगायतका अन्य केही संघसंस्थाहरुले पनि यो नागरिकता विधेयक फिर्ता हुनुपर्छ भनेर माग गरिरहेको अवस्था छ।
-प्रकाश अधिकारी