हिजको बाचा पुरा गर्न सरकार बनाउने मौका दिनुस बिकास निर्माण मा कुनै सम्झौता गरिने छैन – बिध्या मिना गुरुङ



कत्तिक २६ ,पोखरा
कास्की को क्षेत्र न. २ र दुइ को २ पोखरा महानगरपालिका वार्ड न. ९ मा भयको नेकपा एमालेको घरदैलो मा बोल्दै बिध्या र मिना ले हिजको बाचा पुरा गर्न सरकार बनाउने मौका दिनुस बिकास निर्माण मा कुनै सम्झौता गरिने छैन भन्नु भयो ।
देसमा धेरैपटक चुनाबहरु भए तर कह्ल्यै पनि नेकपा एमालेले बहुमतको सरकार चलाउन नपाएकोले र अहिले गठबन्धनको अल्पमतको सरकारले देस र जनता प्रति गरेका ब्यबहारले सबै लाई वाक्कदिक्क पारेको सर्बबिदितै भयको हुनाले पनि यो पटक नेकपा एमालेलाई इमान्दार बनेर सुर्यमा भोट राखी बहुमतको सरकार बनाउन सहयोग गर्नुहुन अनुरोध गर्नुभयको थियो ।
देसैभरी अहिले सत्ता गठबन्धन पाचदल एकातिर र एमाले एक्लैअर्कातिर भएर चुनाबी मैदानमा गएका ले यो अवस्थामा जनताले स्थिर र दरिलो सरकार बनाइँ विकासको गति दिने नै एमाले हो भन्नेकुरा तपाई जनताले बुझेर हामीलाई जिताउनु पर्छ भन्नुभयो कास्की को क्षेत्र न. २ र दुइ को २ मा एमालेबाट उम्मेदवार बन्नुभयका उहाहरुले मंसिर ४ को चुनाब पछि एमालेले सघ र प्रदेशहरुमा एकल सरकार बनाउने दाबी गर्नुभयो ।हाम्रा एजेन्डाहरु जनताको पक्षमा छन् ब्यबहारिक अनि आर्कषक पनि छन् त्यसैले अहिलेको माहोलमा हाम्रो जित भइसकेको छ जनताले ५ तिर फर्किएको स्वार्थी गठबन्धनको असलीरुप देखिसकेको ले अब गठबन्दन होइन, एमालेको बलियो नेतृत्व चाहेका छन् भन्नुभयो ।
सघका निबर्तमान ससद बिध्या अधिकारी भट्टराई एबम गण्डकी प्रदेशसभाको निवर्तमान सांसदसमेत रहनु भएको मिना गुरुङले अघिल्लो कार्यकालमाआफुहरु ले गर्न खोजेका र सुरु गरेका काम हरु पुरा गर्न पनि दोहोरिन चाहेको बताउनु भयो । शनिबार पोखरा ९ मा घरदैलोका क्रममा आफ्ना मतदातले दिएका हरेक राम्रा सुझाब हरुलाई आत्मसाथ गर्दै यस क्षेत्रको विकास, निर्माणमा समर्पित भै कम गर्ने प्रणगर्नु भयो । देस र जनताको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उहाहरु ले यसको खाँका र इच्छाशक्ति एमालेसँग मात्र भएको दाबी गर्नुभयो ।
पार्टीको उद्देश्य, घोषणापत्र, भावी योजना र कार्यान्वयनमा एमालेभित्र कहिँकतै समस्या नभएको र हाम्रो एकता र जनताको सदिच्छा नै हाम्रो जितको आधार भयको बताउनु भयका बिध्या र मिना ले ‘हाम्रो एकताको सामना गर्न अरु सबै गठबन्धन बनाएर आएको र हामी एक्लै लडेको हुनाले पनि यो सत्य र असत्य बीच को लडाईं हो यस लडाई मा सत्य को बिजय हुनेमा आफुहरु बिस्वस्थ रहेको बताउनुभयको थियो ।
-प्रकाश अधिकारी


