‘दिगो विकास लक्ष्य प्राप्तिका लागि बहुमतको सरकार’-एमाले उम्मेदवार भट्टराई

कार्तिक २९,पोखरा
मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रचारप्रसार कार्यक्रम मा पोखरा १६ मा भएको घरदैलो कार्यक्रममा मुलुकको राष्ट्रियता, स्वाभिमान र समग्र विकासका लागि एउटै दलको बहुमतको सरकारको खाँचो भयको र मुलुक को दिगो विकासका लागि बहुमतको सरकार आवश्यक रहेको नेकपा एमालेका उम्मेदवार विद्या भट्टराई अधिकारीले बताउनु भयो ।
झुप्रांगकोट मुलाछारनी र गर्लांग मा भयको छुट्टाछुट्टै कार्यक्रममा मतदातासँग मत माग्दै स्थानीयका आवश्यकता र सुझाव संकलन गर्दै आउनुभयका उमेद्उवार बिद्या भट्टराई अधिकारीले सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युतीकरण एवम् कृषि बजारीकरण र पर्यटनतर्फ को बिकासमा प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कास्की को क्षेत्र नं. २ को (ख) का उम्मेदवार मिना गुरुङले पोखरामा नयाँ थपिएका वडाका वासिन्दाले महानगरवासीको अनुभूति हुने गरी विकास निर्माण जुटने प्रतिवद्धता व्यक्त गर्दै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । मतदाताको घरदैलो कार्यक्रममा गण्डकी प्रदेश समानुपातिक उम्मेदवार डा. छममाया पुनको पनि सहभागिता थियो ।
कास्की ,पोखरा एमाले पोखरा १६ का अध्यक्ष राजेश गुरुङका अनुसार घार्मी, कुरेचौर, हर्पाख , हरिपाउ, गर्लांग , अर्मला र बाटुलेचौरका विभिन्न स्थानमा घरदैलो एवम् कोणसभा सम्पन्न गरेको हो । स्मरणीय छ पोखरा १६ महानगरको सवैभन्दा मतदाता धेरै भएको उक्त वडामा ११ हजार ८४२ मतदाता रहेका छन् ।