नेपाल दशनामी युवा समितिको गण्डकी प्रदेश र कास्की जिल्लामा नयाँ नेतृत्व



फागुन १० ,पोखरा
नेपाल दशनामी युवा समितिले आज गण्डकी प्रदेश र कास्की जिल्लाको दोस्रो अधिवेशन सम्पन्न गरेको को छ ।अधिवेशनले गण्डकी प्रदेशमा सुर्य गिरीको नेतृत्वमा कार्यसमिति निर्वाचित गरेको छ भने कास्कीमा सरस्वती पुरीको नेतृत्वमा जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
मनोज गिरीको अध्यक्षमा सम्पन्न भयको अधिवेशनमा सरस्वती पुरीले स्वागत मन्तव्य राख्नुभयको थियो । कार्यक्रमको सञ्चालन प्रेम गिरीले गर्नुभयको थियो । दशनामी युवा समिति गण्डकी प्रदेशको उपाध्यक्षमा कञ्चन गिरी (नवलपुर) महिला उपाध्यक्षमा शर्मिला गिरी (पर्वत), सचिवमा राजु गिरी (कास्की) र सहसचिवमा गौरब गिरी (स्याङजा) निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा तनहुँ जिल्ला बाट एक जना मनोनयन गरिनेछ । त्यस्तै सदस्यहरुमा सुरज गिरी (कास्की), विज्ञान पुरी (पर्वत), मुक्त गिरी (कास्की), दिब्यराज गिरी, सुस्मिता गिरी (लमजुङ, महादेव गिरी (कास्की) र अनिष गिरी (पर्वत) निर्वाचित हुनुभएको छ।
कास्की जिल्लाको अधिवेशनबाट उपाध्यक्षमा दिपक गिरी, महिला उपाध्यक्षमा अञ्जली गिरी, सचिवमा सन्देश गिरी, कोषाध्यक्षमा सिम्रन गिरी, सहसचिवमा गंगा गिरी र सदस्यमा कामना गिरी, कृष्ण गिरी, शिव गिरी, अर्जुन गिरी निर्वाचित हुनुभएको छ । उद्घाटन सत्रमा दशनामी समाजका केन्द्रीय उपाध्यक्षद्वय तारा गिरी र सरस्वती गिरी, दशनामी महिला समितिकी केन्द्रीय उपाध्यक्ष शारदा गिरी, दशनामी युवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी, दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, दशनामी समाज कास्कीका पूर्व अध्यक्ष जगत मोहन गिरी, दशनामी महिला समिति कास्कीकी अध्यक्ष सपना गिरीलगाएतले शुभकामना मन्तव्य राख्नु भयको थियो ।


