झापामा मिटरब्याज बाट पीडित एक सय दुई जनाबाट जिल्ला प्रशासन कार्यालय उजुरी
१७ जेष्ठ २०८०, बुधबार ०९:५१ परिबर्तन न्युज
अर्थ, समाचार
जेठ १७ ,झापा
सरकारले मिटर ब्याजीबाट पिडितहरु लाई निबेदन दर्ता गर्न का लागि सूचना जारी गरेपछि पीडितहरुले धमाधम निवेदन दिन थालेका छन् । मिटरब्याज बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। मिटरब्याज पीडितले रु पाँच लाखदेखि रु एक करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको जानकारी दिनुभयो ।
दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेको जानकारी दिनुभयो ।
मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायत उजुरी छन् । यसै प्रकृतिका उजुरी शिवसताक्षी र दमक नगरपालिका बाट उजुर परेको न्यौपाने बताउनुहुन्छ ।
रुद्रप्रसाद न्यौपानेले मिटरब्याज पीडितहरुको लागि कार्यालयमै सहायता कक्षमा निवेदन दर्ता आयको बताउनुभयो ।मिटरब्याजपीडितले रु पाँच लाखदेखि रु एक करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको जानकारी दिनुभयो । सहायक प्र.जि.अ न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीउपर छलफल गरी आपसी सहमति गराई पठ।एको बताउनुभयो ।