सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावितहरु अझै टहरामा
१ असार २०८०, शुक्रबार २२:३० परिबर्तन न्युज
समाचार
असार १ ,सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा दुइ बर्ष अगाडी आजकै दिन भिषण बाढी आएको थियो। बाढीका कारण सयौ घर र सयौ रोपनी खेतियोग्य जमिन बगर बनेको थियो २६ जनाको त ज्यानै गएको थियो भने हजारौँ नागरिक विस्थापित भएको दुई वर्ष बिते पनि प्रभावितहरु अस्थायी टहरामै बसिरहेका छन।
बाढीले घरखेत बगाएपछी बेसहारा बनेका हेलम्बु च्युरी खर्कका जनताहरु सुरक्षित बसोबासको पर्खाइमा उहाहरुको आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घरसहित भएको थोरै भएको जग्गाजमिन समेत बगर बनेपछि सुुकुम्बासी बन्नुभएको उहाहरुलाई सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य भएको र दैनिक जनजीबन चलाउनसमेत धौधौ परेको स्थानीय पिडित हरु बताउनुहुन्छ।
हिजोआज पनि नदीमा बाढी आउँदा बालबच्चा बोकेर भाग्नुको बिकल्प नभएको स्थानीय पिडित हरु बताउनुहुन्छ। बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएको स्थानीय पिडित हरु बताउनुहुन्छ।
बाढीका कारण विस्थापित भएका स्थानीय बासिहरुलाई स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ । उहाँले गाउँपालिकाले दिनुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताउनुभयो । घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताउनुभयो ।
प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्चीको बाढीले सिकाएकाले सो सम्बन्धि सम्पूर्ण सामग्री हरु पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताउनु भयो । उहाँले पूर्वसूचना प्रणाली जडान गरि वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको र वर्षा मापन केन्द्र स्थापना पनि गरिएकोे बताउनुभयो ।