नेपालि कांग्नेस को भात्री संगठन महिला संघ कास्कीको अध्यक्ष- शारदा गिरी
भदौ ५ ,पोखरा
नेपाल महिला संघ कास्कीको अध्यक्षमा शारदा गिरी चयन भएको छन् । उहालाई नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी एक विज्ञप्ती सहित अध्यक्षको जिम्मेवारी दिएको हो ।
उक्त विज्ञप्तीमा नेपाल महिला संघको बिधान २०५८ को तेस्रो संशोधन २०७८ भाग ७ को धारा ४१ अनुसार बिधान बिपरित भएको र कुनै कारणवश पद रिक्त भएमा सो स्थानमा यस बिधानमा अन्यथा व्यबस्था भएकोमा बाहेक जुन प्रकियाबाट चयन भएको हो सोही प्रकियाद्धारा पदपुर्ति गरिने व्यवस्था भएअनुसार हामीले महिला संघका अध्यक्ष तथा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि हामी बाध्य भएर तपशिल बमोजिमका जिल्लाहरुमा नेपाल महिला संघको तपशिलका जिल्ला अध्यक्षको जिम्मेवारी कायम गरिएको भनि जानकारी गराइएको हो ।
सिरहामा, मिनाकुमारी थापामगर, सोलुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृका देवि प्रसाइ, महोत्तरीमा अनिता शर्मा, बारामा बबितादेवि कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरी, नवलपरासी पश्चिममा मिठ्ठु के.सी र हुम्लामा ज्ञानु रोकायलाई अध्यक्षको जिम्मेवारी दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाल महिला संघ कास्कीको जिम्मेवारी लिएसँगै अध्यक्ष शारदा गिरीले २९ जना कास्की जिल्ला कार्यसमिति सदस्यमा विद्यान बमोजिम थप मनोनयन गर्नु भएको छ । जसमा प्रभा सुवेदी, श्रीमाया गुरुङ, सृजना दवाडी, विनिता पौडेल, देवी भण्डारी, रमा पौडेल, गंगा गुरुङ, सुमित्रा भट्टराई, गौमति थापा, गायत्री अर्याल, सावित्री पौडेल, विनिता बराल, ऋषिमाया लामिछाने, दुर्गा के.सी, सीता कार्की, रिता राना, माया तिमिल्सिना, सावित्री घिमिरे, गंगा आचार्य, गुप्ती गुरुङ, देउकुमारी थापा, गौमाया नेपाली, पार्वती कोइराला, सुनिता भण्डारी, मनु तिमिल्सिना, मिना सुवेदी, पार्वती खनाल, विजया रेग्मी (चञ्चला) र खिममाया अधिकारी हुनुहुन्छ ।
कास्की अध्यक्ष शारदा गिरीले विद्यी, पद्धति र विधान अनुसार आफुले काम गर्ने बताउनुभयो । नेपाली कांग्रेस विधिको शासन पद्धति, लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको पार्अटी भएको हुनाले हामीले अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र शासन प्रणाली सबै बिधिबाट सुनिश्चित गरिने छ भने पार्टीका सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।