पोखरा महानगपालिका बडा न. ०१ ले सार्वजनिक सुनुवाई गर्यो
![](https://www.paribartannews.com/wp-content/uploads/2023/09/Screenshot_20230922-230159_Video-Player-768x393.jpg)
![](https://www.paribartannews.com/wp-content/uploads/2024/12/Messenger_creation_9DBDE9FA-8611-4676-B02D-C559062D89D9.gif)
असोज ५ , पोखरा
पोखरामा नगरपालिका वडा नं. ०१ ले आज सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ।
वडा अध्यक्ष सहारा प्रधानको अध्यक्षतामा र प्रमुख अतिथि निबर्तमान वडाध्यक्ष सारदा कुमारी पराजुली को उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको सो कार्यक्रममा सबै जनप्रतिनिधि हरुको सहभागितामा भएको थियो।
करिब २०० जनताको सम उपस्थितिमा भएको कार्यक्रमलाइ वडा को तर्फबाट केहिदिन अघि देखि नै जनता सग गएर विविध प्रश्न हरु निर्माणगरी प्रश्नको उत्तरलाई डाटाबेस को रुपमा तयार पार्दै प्रस्तुत गरेको पब्लिक फोके टेलिभिजन का सञ्चालक को तर्फबाट अमृत भट्टराईले कार्यक्रम सन्चालन गरेर सहजीकरण गर्नुभएको थियो।
कार्यक्रमको दौरानमा जनताले जस्तो विकास मागेका हुन त्यस किसिमको जनप्रतिनिधिहरुले काम गर्दै अगाडि बढिरहेको र स-साना कुराले जनताको मन जित्न सकिन्छ भन्ने कुराको हेक्का राख्दै अगाडि बढेको वडा बिकासको गति अझै अगाडी सामान्य भन्दा अलि गतिले बिकास भैदिए अझै खुसी हुने जस्ता अभिब्यक्तिहरु व्यक्त गर्नुभएको थियो। समष्टिगत रुपमा जनप्रतिनिधि हरु जनताको जिबन स्तर उठाउन र प्रगति गर्नको निम्ति जनप्रतिनिधि हरुले अझैं राम्रो काम गर्दै जाानुपर्ने सुझाएका थिए ।