सूर्यदर्शन सहकारीका पूर्व सञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल जेल चलान
पौष १८, पोखरा
सूर्यदर्शन सहकारी ठगी काण्डका पूर्व सञ्चालक महेन्द्र भोटे र सञ्चालक भविश्वर अर्याल जेल चलान भएका छन् ।
आज उनीहरुलाई पुर्पक्षका लागि कास्की जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र भोटे र भविश्वर अर्याल लाइ मंगलबार उपस्थित गराएर बयान लिइ बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले दुवै जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ ।