नया गठबन्धनमा ३ मन्त्रीले लिए शपथ प्रधानमन्त्री प्रचण्ड सर्बाधिकार
फागुन २१ काठमाण्डौ
नया गठबन्धनका ३ मन्त्री मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल (डिपी) लाई आज राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको छ ।
गठबन्धनका ३ मन्त्रीहरूले शपथ लिए पनि सत्ता गठबन्धनभित्र कुन दलले कुन मन्त्रालय लिने भागबन्डा मिलिनसकेको हुनाले सबै मंत्रिपरिसद गठन नभैन्जेल सम्मपूर्ण मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै हेर्ने भनिएको छ ।