शिव मन्दिर आमा समुह पोखरा २० को अध्यक्षमा माया जि.सी



चैत्र २५ , पोखरा
पोखरा, चैत २५ गते ।शिव मन्दिर आमा समूह पोखरा २० भलामको अध्यक्षमा माया जिसी चयन हुनुभएको छ । १४ औँ साधारणसभा तथा चौथो अधिवेशनले जिसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
समुहको उपाध्यक्षमा सीता थापा, सचिवमा सुष्मिता घर्ती, सह सचिवमा सुदिपा सुवेदी, कोषाध्यक्षमा लक्ष्मी राना भुजेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हेमा घर्ती, खिरमति सुनार, सिला सुवेदी, गोमा गौतम, जमुना राना, अनिता पौडेल चयन हुनुभएको छ । समितिको कार्यकाल तीन वर्षको हुने छ ।
यसधि अधिवेशनको उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले महिलाले नेतृत्व गरेका संस्थाहरु सफल भएको बताउदै स्थापनाकालदेखि आमा समुहले गरेका कामको प्रशंसा गर्नुभयो । उहाँले महिलाले जिम्मेवारी र अवसर प्राप्त गरेर राम्रोसंग सञ्चालन गर्छन भन्ने प्रमाणित भएको बताउनुुभयो ।
महिलाहरु प्रधानन्यायाधिश, राष्ट्रपति भएर सफलता पूर्वक जिम्मेवारी पुरा गरेको बताउदै महिलाहरुले सञ्चालन गरेका संस्थाहरु सफल भएका छन् । त्यसैले जिम्मेवारी र अवसर पाए सक्षम छौँ उहाँले भन्नुुभयो,“महिलाहरु राजनीतिक र सामाजिक रुपमा स्थापित हुनुपर्छ र त्यसको लागि आर्थिक रुपमा सबल सक्षम हुनुुुपर्छ ।”
वडा नम्बर २० का वडाअध्यक्ष गंगाबहादुर खत्रीले वडाको आवश्यकताका आधारमा विकासका कार्य अगाडि बढाएको बताउदै महिला समुहको क्षमता बृद्विका लागि विभिन्न कार्यक्रम संचालन गरेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष माया जिसीले सामाजिक विकृति विसंगति विरुद्ध काम गर्दै आएको बताउनुभयो ।त्यस्तै शिव मन्दिर टोल विकास संस्थाका अध्यक्ष होमन राना,तुलसी तिमल्सिना,दामोदर सुवेदी ,वडा सदस्य मिना पौडेल लगायतले बोल्नुभएको थियो ।


