Worldlink Communications

प्रधानमन्त्रीले जेठ ७ गते फेरि विश्वासको मत लिदै

जेठ ४, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिनु हुनेभएका छ ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था  भए बमोजिम जनता समाजवादी पार्टी नेपालले वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइ कार्यक्रममा राखिदिन भनिसके को बताइएको छ।२०७९ साल पुस १० गते प्रधानमन्त्री बन्नु भएका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको समर्थन पाउनु भएको प्रचण्डले दोस्रोपटक १७२ पाउनु भएको थियो भने तेस्रो पटक १५७ सांसद को मत पाउनुभएका।प्रधानमन्त्री प्रचण्डलाई यस पटक विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: