Worldlink Communications

इरानी राष्ट्रपति र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु

जेठ ७ , पोखरा

इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको छ ।

हिजो आइतबार भएको हेलिकप्टर दुर्घटनामा परि राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् ।

हेलिकप्टर आइतबार दुर्घटनाग्रस्त भए पनि सोमबार भग्नावशेष भेटिएपछि राष्ट्रपति रायसीको मृत्यु भएको पुष्टि भएको हो ।सोहि दुर्घटनामा परि हेलिकप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो ।

इरानी समाचार एजेन्सीका अनुसार हेलिकप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए । -बिबिसि

प्रतिक्रिया दिनुहोस्: