पाेखरा महानगरपालिका वडा २४ द्वारा पाँच दिने अचार बनाउने तालिम सम्पन्न


जेठ १८ , पोखरा


पाेखरा महानगरपालिका वडा २४ कार्यलाय द्वारा पाँच दिने अचार तालिम सम्पन्न गरेको छ।
क्षमता अभिवृद्धि तथा सिपमुलक कार्यक्रम अन्तर्गत महिला दिदिबहिनिहरुका लागि विभिन्न किसिमका अचार बनाउने ५ दिने तालीम सम्पन्न भएकाे हो ।
५ दिनसम्म करिब २८ प्रकारको अचार बनाउन सकिने जानकारी भएता पनि समय अभावको कारण १९ परिकारको मात्रै बनाउन सफल भएको प्रशिक्षक गायत्री नेपालिले दिनुभएको छ।
पोखरा २४ का जनप्रतिनिधि सरस्वती गौतमले ५ दिनसम्म आफ्नो महत्वपूर्ण समय दिएर कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नुहुने सम्पुर्ण सहभागी महिला दिदिबहिनी हरुलाइ धन्यवाद व्यक्तत गर्नुभएको थियो । पाँच दिन सम्म सिकेका कुराहरुलाई व्यबहारमा उतारी व्यावसायिक बन्ने वातावरण बनाउनुपर्छ भन्नु भयो ।




