हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्रका साथ हुदै
असार १०,पोखरा
राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ।
हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्ता लाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरिा शरण पौडेले बताउनुभएको थियो।
कृषिमा कृषकलाई प्रोत्सहान विष्णुपादुका माई मन्दिर हेमजाको सान- भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुने बताइएको छ।
महोत्सबमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति हुनेछ भने प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाए को छ।महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले बताउनु भयो।