Worldlink Communications

१९औ असारे धान रोपाई महोत्सव २०८१ को तयारी हुँदै

असार १० , पोखरा

मानो रोपेर मुरी भित्र्याउने यो असारे १५ लाई बिगत दुई दशक देखि पोखरा पर्यटन परिषद लेकसाइड पोखराले असार १५ को धान रोपाई कार्यक्रमलाइ महोत्सवको रूपमा मनाउँदै आएको र  यस वर्ष १९औ महोत्सवको रूपमा पोखरा-२३ को पामेमा विविध कार्यक्रमसहित गरिने बताएको छ।

कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न गर्नको लागि विभिन्न फरकफरक उपसमितिहरु निर्माण गरी कार्य गर्न सजिलो होस् भनी समितिहरु गठन गरिएको छ भने निर्माण भएका समितिहरुले तदारुक्ताका साथ काम गरिरहेको कार्यक्रम संयोजक तारानाथ पहारीले बताउनुभयो।

असार १५ मा पोखरा महानगरपालिका वार्ड नम्बर २३ को पामेको धान रोप्न योग्य जमिनमा धान रोप्ने प्रतियोगिता सँगै बिविध कार्यक्रम गरिने भएको छ। महोत्सवमा स्थानीयहरूको लोकल असारे गीत, गुरुङ कम्युनिटीको गुरुङ गीत साथै स्थानीय लोकगायक प्रजापति पराजुली र कस्केली स्वरकी धनी समीक्षा अधिकारीको उपस्थितिले असारे १५ को असारे गीत गाई उत्सवलाई रमाइलो महोत्सवको रूपमा परिणत गराउनु हुने  कार्यक्रम आयोजकहरूले बताउनुभयो।

त्यसै दिन माटो हिलोमा दौड प्रतियोगिता, माछा समात्ने आफै खान पाइने प्रतियोगिता, १०/१० जनाको ग्रुपमा रस्साकसी प्रतियोगिता हुनेछ भने सकेसम्म समयले  साथ दिएमा स्थानीय टिमहरु‌ बिच भलिबल प्रतियोगिता पनि गर्न सकिने बताइउनु भएको छ।

असार १५ लाई असारे धान रोपाई महोत्सव वा प्रतियोगिता मात्र नभनी कृषकहरूको मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि हेर्नुपर्ने कार्यक्रमका संयोजक तारानाथ  पहारीले हामीलाई बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्: