Worldlink Communications

माछापुच्छ्रे गाउँपालिकाद्वारा करिब ६६ करोडको बजेट सार्वजनिक

असार ११, पोखरा

माछापुच्छ्रे गाउँपालिकाले ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

माछापुच्छ्रे गाँउ पालिका उपाध्यक्ष सीता अधिकारीले आगामी आव २०८१/८२ का लागि उक्त रकम बराबरको बजेट सार्वजनिक गर्नुभएको  थियो।

सार्वजनिक गरिएको बजेट मध्ये  अनुदानबाट ९ करोड ५४ लाख, संघ राजस्व बाँडफाँडबाट १० करोड ७१ लाख, सशर्त अनुदानबाट २७ करोड ३७ लाख, संघ समपूरक अनुदानबाट ३ करोड प्राप्त हुने अनुमान छ ।

प्रदेस समानीकरण अनुदानबाट १ करोड १९ लाख, प्रदेशको अनुदान बजेट ६० लाख, प्रदेश विशेष अनुदानबाट ४० लाख, प्रदेश राजस्व बाँडफाँटबाट ९९ लाख, आन्तरिक आय ३ करोड, अघिल्लो वर्षको बैंक मौज्दात ५ करोड ५६ लाख, घरजग्गा रजिष्ट्रेसन शुल्क २ करोड बजेटमा अनुमान गरिएको छ।

खर्च शिर्षक तर्फ प्रशासनिक खर्च ७ करोड ५० लाख र फिर्ता तथा भ्याट तिर्नुपर्ने रकम साढे २ करोड रहेको छ भने सशर्त अनुदान बजेटतर्फ २७ करोड ३७ लाख विनियोजन गरिएको छ ।

चालु आ.व.को लागि ६६ करोड ७३ लाख ६० हजारको बजेट ल्याएको आगामी आवको बजेट कमी छ । चालु आवमा चालुखर्च ६५ प्रतिशत र पुँजीगत खर्च ५६ प्रतिशत गरी समग्रमा ६२.१८ प्रतिशत प्रगति भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: