Worldlink Communications

२०८० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक

असार १३ पोखरारा

राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गरेको छ।

आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकारहरूको माझमा जानकारी दिनुभयो।

गत चैत १५ गतेदेखि शुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।बोर्डले एसइई  आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत फेल भएका छन ।नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन्। परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी भएपनि आन्तरिक तयारी नसकिए पछि नतिजा सार्वजनिक हुन नसकेको बताउनुभयो।

बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: