Worldlink Communications

जिसस कास्कीद्वारा सडक डिभिजनका आयोजना अनुगमन 

पोखरा ,असार १४

जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ।जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलिले आफ्नो कार्यतालिका अनुसार नियमित अनुगमन गरेको हो।

सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा न. १७ र २१ जोड्ने फुर्से  खोला दम्सादी  मोटरेबल पूल र पोखरा महानगर वडा न.१३ र २८ जोडने बिजयपुर खोला पुलको अनुगमन गरेको हो।

पोखरा महानगर वडा न.१७ र २१ जोड्ने फुर्से  खोला दम्सादी  मोटरेबल पूलको कुल लागत २७ करोड ७७ लाख अनुमान भएर १८करोड २९ लाखमा मिति २०७५ असार २७गते  निर्माण सम्झौता भएको उक्त आयोजना २०८१ माघ २९ गते सम्म निर्माण  सम्पन्न गर्ने लक्ष्य राखिएको र सो आयोजनाको ७१ प्रतिसत भौतिक प्रगति देखिएको छ।  ४ स्पानमा १२० मिटर लम्बाई र ११मिटर चौडाइ भएको उक्त सूर्य प्रेरणा एच एम कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको  प्रमुख पौडेलले  जानकारी दिनुभयो ।एप

सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा न.१३ र २८ जोडने बिजयपुर खोला  मोटरेबल पूलको कुल लागत ७ करोड ८२ लाख  रहेकोमा ७ करोड ३२ लाखमा मिति २०८० असार २२ गते  निर्माण सम्झौता भएको उक्त आयोजना २०८२ पुष २४ गते सम्म निर्माण  सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको ५० प्रतिसत भौतिक प्रगति देखिएको छ।  दुई स्पानमा ६० मिटर लम्बाई र ११ मिटर चौडाइ भएको उक्त पूल भिम ज्योति धन थान जे भि कम्पनीले निर्माण गरिरहेको सो पूल सडक डिभिजन पोखरा का इन्जिनियर  राहुल पाण्डेले जानकारी दिनुभयो ।

अनुगमन टोलिमा  जिसस कास्कीका उप प्रमुख सरिता माल ,कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,जिसस कास्कीका सदस्य ,इन्जिनियर ,प्राबिधिक सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: