Worldlink Communications

नदीजन्य पदार्थ निकासि बन्द गर्ने निर्णयलाई अवज्ञा गर्दै चोर बाटो जानेका राजस्व शाखा प्रमुख दीपेन्द्र पण्डितको हर्कत

असार १५ , पोखरा

पोखरा महानगरपालिका वडा न. १९ मा पर्ने हेम्जा र लामाचौर जोड्ने भत्किएको पुल सेती नदीको दसखेत घाटमा मौजाद बालुवा के कति छ भन्ने जानकारीनै नलिई हचुवाको भरमा पत्र काटेपछि आज महानगरपालिकाको राजस्व शाखा प्रमुख दिपेन्द्र पण्डित  शङ्काको घेरामा पर्नुभएको छ भने १३ वटा टिप्पर प्रहरी कार्यालय  बगरले लगेको छ।

गत जेठ ३० गते बसेको बैठकले कास्कीमा तीन महिना सम्म नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको थियो । ढुङ्गा, गिटि, बालुवा तथा अन्य नदि तथा खानिजन्य पदार्थ संचालन एन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार गरेको निर्णय अनुसार असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने अनुगमन समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभएको मसि सुक्न नपाउँदै पोखरा महानगरपालिका राजस्व शाखा प्रमुख दिपेन्द्र पण्डितले चोरबाटोको चोर्ने शैली प्रयोग गर्दै हस्ताक्षर गरेको पत्रले सबैलाइ ससंकित बनाएको छ।

पोखरा महानगरपालिकाको मिति २०८१/०३/०९ को चलानी न. ९७१४ का अनुसार ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.ली अन्नपूर्ण ३ कास्कीको नामको विषयमा जानकारी सम्बन्धमा लेखिएको पत्रको आधारमा १० खेत घाट मा मौजात परिणाम बालुवा १५९७.८४ घनमिटर भएको र सो बालुवा असार मसान्त भित्रमा निकासी गरिसक्नुहुन राजस्व शाखा प्रमुख दिपेन्द्र पण्डितको हस्ताक्षर गरेको पत्र यत्रतत्र सर्वत्र छताछुल्ल देख्न पाइन्छ।

बालुवा बोक्न भनेर हिँडेका सबै टिप्परहरू र मिलेमोतोका सबै ले हाताभरि यिनै पत्र लिएर १० खेत घाटमा करिब १४-१५ वटा टिप्पर ले भर्खर नदीबाट झिक्दै गरेको बालुवाले टिप्पर भर्दै गरेको अवस्था मा देखेपछि हामीसबै चकित परेका थियौ।

राजस्व शाखा प्रमुख दिपेन्द्र पण्डितले पत्रमा लेखिएजस्तो र दिए जस्तो नदीमा त्यस्तो केही पनि देखिएन। न त त्यहाँ मौज्दात बालुवा थियो न त त्यहाँ कुनै किसिमका अन्य अरु नै केही थिए जे थिए त ताजा ताजा नै देखिन्थे। पत्रमा लेखिए जस्तो मौज्दात केही पनि थिएन यो कुरामा जनप्रतिनिधि विकास कुमार आचार्य, महानगर पालिका प्रहरी वृत्तका प्रमुख र प्रहरी वृत्तका सबै अङ्गका व्यक्तिहरु र खिचिएको भिडियो ले आफै बोलिरहेको देखिन्छ।

त्यसो त जनप्रतिनिधि विकास कुमार आचार्य र स्थानीय बासिन्दा सहित परिवर्तन न्युज डट कमका सम्पादक को टोली त्यहाँ मौजात बालुवा छ कि छैन पत्र अनुसार कार्य भएको छ कि छैन भन्ने जनगुनासो आइसकेपछि दसखेतघाटमा पुग्दाको अवस्थामा पत्रमा लेखिए जस्तो वास्तविकता केही नदेखेपछि जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला समन्वय प्रमुख कास्की लाइ जानकारी गराइएको र सोही बमोजिम समातिएका १३ वटा टिप्पर र एक ट्याक्टर लाई बगर प्रहरी कार्यालयको जिम्मा लगाइएको थियो।

हामीले सेती नदीको दस खेत घाटमा हुँदै नभएको बालुवा मौजात छ भनेर कसरी त्यो पत्र काट्न सक्नुभयो भनी वास्तविक सत्यतथ्य के हो भनेर बुझ्नको लागि राजस्व शाखाका  प्रमुख  दिपेन्द्र पण्डितलाइ पटकपटक फोन सम्पर्क गर्दा फोन उठेको थिएन।

पोखरा महानगरपालिकाले मणिपाल कलेजलाई राजस्व छुट दिएको तर निल्न नपाउँदै छुट दिएको फिर्ता गरिएको भन्ने घाउ सेलाउन नपाउँदै पत्यार नलाग्ने गरी फेरि त्यस्तै हर्कतपूर्ण कार्यहरू बाहिर आउनुले सबैलाई ससंकित र आश्चर्यचकित बनाउनुमा वनमा वा कराउनु बाख्रो हराउनु बुझ्न सजिलो बनेको छ । पोखरा महानगरपालिकाको अहिलेको नियति नै यस्तै त होइन मणिपाल कलेजको घाउमा मलम लगाउन नपाउँदै चर्किन लागेको घाउलाइ राजस्व शाखा प्रमुख दिपेन्द्र पण्डितले कसरी सल्टाउनु होला हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्: