Worldlink Communications

अनुगमन टोलिले मौज्दात बालुवा देखेन: दिपेन्द्र पण्डितलाइ कारबाही गर्ला त !

असार १६ , पोखरा

हिजो १५ गते दसखेत घाटबाट अबैध रूपमा बालुवा बोकेको थाहा पाएपछि पोखरा महानगरपालिका को प्रहरीवृत र बगर प्रहरीको नेतृत्वमा १३ वटा टिप्परहरू पक्राउ गरी बगर प्रहरी चौकीमा लगेको थियो ।

पोखरा महानगरपालिका वार्ड नं १९ पुरुन्चौर र वडा नं. २५ हेम्जा जोड्ने पुल नजिकै रहेको दसखेत घाटबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने भन्ने निर्णयको अवज्ञा गर्दै मौज्दात रहँदै नरहेको बालुवा पनि मौज्दात छ भनेर आफ्नो खेती गरिरहेका पोखरा महानगर पालिका राजस्व शाखाका टाठाबाठा प्रमुख दिपेन्द्र पण्डितले असार मसान्त भित्र मौज्दात बालुवा बोक्ने भनेर दिएको पत्रले हंगामा नै मच्चाएको थियो।

गत जेठ ३० गते बसेको कास्की जिल्लामा रहेका विभिन्न घाटहरूको बिषयमा अनुगमन समितिको बैठकको निर्णयअनुसार असार १ गतेबाट भाद्र मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन नगर्न र नलगाउने भन्दै बन्द गरिएको विषयलाई महानगरका राजस्व विभाग प्रमुख दिपेन्द्र पण्डितले विषयको गाम्भीर्यतालाई नबुझी नजरअन्दाज गर्दै मौकाको फाइदा उठाउनको लागि पत्र दिएपछि कन्स्ट्रक्सनबाट  धमाधम टिप्परहरू बालुवा बोक्न गएका थिए।

पत्र देखेपछि पण्डितको बाठो प्रवृत्ति र हर्कत थाहा पाइसकेका कास्की जिल्लाको अनुगमन टोलीले फेरिपनि वास्तविक सत्य तथ्यलाई नतोडी नमोडी बुझ्नको लागि अनुगमन समितिका जिम्मेवार पदाधिकारीहरू र पत्र काट्नुभएका दिपेन्द्र पण्डित सहित १० खेत घाटमा गएको टोलीले साँच्चीनै दसखेत घाटमा मौज्दात केही पनि नदेखेपछि मानसिक रूपमा विक्षिप्त बन्दै एकैछिन सन्नाटा पूर्ण रूपमा रुवाबासी नै चलेको वडा न. १९ का जनप्रतिनिधि विकासकुमार आचार्यले बताउनुभयो।

त्यसो त हिजो स्थलगत रिपोर्टिङमा हामी र हामीसँगै विभिन्न जिम्मेवारी निकायका व्यक्तिहरू सहित भएको टोलीले पनि दसखेत घाटमा बालुवा मौज्दात नभएको जानकारी भइसकेपछि पक्राउ परेका १३ वटा टिप्परहरू बगर प्रहरीले लगेको जानकारी हुँदाहुँदै पनि आधिकारिक रुपमा आज गएको अनुगमन टोलीले पनि त्यहाँ मौजाद बालुवा नदेखेको जनप्रतिनिधि विकास कुमार आचार्यले बताउनुभयो।

हुँदै नभएको बालुवा पनि मौज्दात छ भनेर पत्र काट्न प्रभाव पार्ने श्री ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रा.ली का सञ्चालक, हुदै नभएको बालुवा पनि छ भनेर प्राविधिक प्रतिवेदन सिफारिस गर्ने महानगरका कर्मचारी र पुरै कमिसन आउने बाटो पाएपछि पुरै आँखा चिम्म गरेर सही गर्ने चोर बाटो जानेका राजस्व शाखाका प्रमुख दिपेन्द्र पण्डित लाई अनुगमन समितिले के कस्तो कारबाही गर्ला हेर्न बाँकी नै छ !

त्यसो त न्याय मरिसकेको यो पृष्ठभूमिमा हिजो मात्रै हामीसँग निज कर्मचारी दिपेन्द्र पण्डितलाई कुनै पनि कारबाही गर्न पछि पर्ने छैनौं जसरी पनि गर्छौं भन्ने भाव व्यक्त गर्नुभएका पोखरा महानगर पालिका वडा न १९ का जनप्रतिनिधि विकास कुमार आचार्यको दृढता सगै आत्मविश्वास पनि हेर्न बाँकी नै छ !

 

प्रतिक्रिया दिनुहोस्: