Worldlink Communications

धार्मिक सभामा भागदौड हुँदा एक सय सोर्ह जनाको मृत्यु सयौ व्यक्ति घाइते

असार१९, पोखरा

भारतको उत्तर प्रदेशमा हिजो मंगलबार यूपिको हाथरस शहर नजिकै भएको एक धार्मिक सभामा भागदौड हुँदा एक सय सोर्ह जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन्।

इन्डियन पत्रिका टाइम्स अफ इन्डिया का अनुसार हालसम्म बहत्तर जना मृतकको पहिचान खुलेको छ।मृत्यु हुनेमा अधिकांश महिला भएको जस मध्ये एक सय आठ वटा महिलाको एउटा पुरूषको र सात वटा बालबालिकाको भएको जनाइएको छ।

धार्मिक प्रचारकको प्रवचन कार्यक्रममा प्रवचन सुन्न आएका सयौं मानिस प्रवचन सुन्ने कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा  अचानक धूलोको आँधी आएको कारणले भागदौड भयो जसका कारण मान्छेले  मान्छेलाई नै किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन।

प्रतिक्रिया दिनुहोस्: