Worldlink Communications

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

असार २०,पोखरा  ।

कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार  आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो  ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक  बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अब गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने र छिट्टै गण्डकी  पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा हुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले  खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताउनुभयो। कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते  जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्ला भित्र आई वसोवास गर्ने सवै वालवालिकाले पाउनु पर्ने सवै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताउनुभयो ।

स्वास्थ्य कार्यालय कास्कीका  प्रमुख राम बहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो।

कास्की जिल्लाका पाँचवटै पालिकाका कूल  ७२ वटा वडाका कुल ३००७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय का  अधिकृत बद्री आचार्यले जानकारी दिनुभयो। घर धुरी सर्वेक्षण का क्रममा भेटिएका खोप पुरा नगरेका १४० जना वालवालिकाहरु लाई खोप लगाउने व्यवस्था समेत मिलाईएको जानकारी दिनुभयो । १५ महिना सम्मका ७२२७ जना  बालबालिकाहरु लाई  पनि खोप लगाइएको बताउनुभयो । त्यस्तै १६ महिनादेखि पाँच वर्ष सम्मका २२८४७ जनाबालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिनुभएको थियो।

कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २३०  खोप केन्द्रहरु मार्फत नियमित खोप सेवा प्रदान हुदै आएको  कार्यक्रम मा जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिब बिनोद बिन्दु शर्मा , कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कास्की का जिल्ला समन्वय अधिकारी नवराज बराल,गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,स्वास्थ्य स्वयम् सेविकाहरूको संजालका अध्यक्ष भीमा पौडेल  सहितले आ-आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा पोखरा म न पा तथा मादि गाउ पालिकाका  ६० बर्ष माथिका  महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: