Worldlink Communications

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनबाट माधवकुमार नेपाल निर्विरोध अध्यक्ष घोषणा

असार २० , काठमाडौं

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनले बिहीबार साँझ अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गर्नुभेको छ ।

अध्यक्ष मण्डलको हैसियतमा खनालले घनश्याम भूसाल निर्विरोध महासचिव बनेको घोषणा गर्दै  घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको लग्गतै क्षमता, योग्यता र भौगोलिका क्षेत्र हेरेर सचिवालयले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु सचिवालय बैठकबाट टुंगो लगाउनेछ’ भनेपछि  प्रतिनिधिहरुले ताली बजाएर अनुमोदन गरिदिन उनले आग्रह गरेपछी हलबाट ताली दिएपछि खनालले थप कार्यसूची प्रस्तुत गर्नु भएको थियो।

खनालले पाँच दिनसम्म चलेको महाधिवेशन समापन गर्दै फटाफट अगाडि बढदै अब  तपाईंहरु यहाँ बसिरहन पर्दैन, कमिटीलाई पूर्णता दिने काम सचिवालयले काम गर्छ । अरु नेताहरुका अनुसार पनि १६ असारदेखि कमलादीमा जारी महाधिवेशन अधुरो नेतृत्व चयन गर्दै सकिएको छ । ‘मूल नेतृत्व निर्विरोध भयो, बाँकी कुरा कहिले  हुन्छ हुन्छ भन्दै महाधिवेशन सकियो’, उपमहासचिव प्रकाश ज्वालाले  भन्नु भयो ।उहाका अनुसार एकीकृत समाजवादीको पछिल्लो सचिवालय बैठकको निर्णय बमोजिम यो महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।

अध्यक्ष पदको दाबी गरेका घनश्याम भूसाल फेरि महासचिव बस्न मञ्जुर भएकाले सहमति जुटेको थियो । त्यो सहमति अनुसार, माधव अध्यक्ष, घनश्याम वरिष्ठ उपाध्यक्ष र प्रकाश ज्वाला महासचिव हुने तर घनश्याम बाहेक अरुलाई महासचिव स्वीकार्न नसकिने भन्दै निकट नेताहरुले माधव नेपालमाथि खनिएका थिए ।अन्तत झलनाथ खनालले घनश्याम भूसाल समेत मनाएपछी  ७१ वर्षीय माधव नेपाल फेरि पनि पार्टी अध्यक्ष बन्नु भएको  छ ।

प्रतिक्रिया दिनुहोस्: