Worldlink Communications

त्रिशूलीमा वेपत्ताहरुको खोजी गर्न १२ सदस्य भारतीय टोली नेपालमा

साउन ६, पोखरा

असार २८ गते शुक्रबार पोखरा मुग्लिन खण्डको सिमलताल त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई बस र बाँकि ३७ यात्रुहरुको खोजी कार्यका लागि भारतबाट १२ सदस्य भारतीय डिजास्टर रेस्पोन्स टोली नेपाल आएको छ।

नेपाल सरकारको अनुरोधमा विभिन्न अत्याधुनिक उपकरण सोनार क्यामरा लगायतका विभिन्न सामग्री सहित नेसनल डिजास्टर रेस्पोन्स टोली चितवन हिजो सनिबार  आएर आज बिहान १० बजेदेखि खोजी कार्यमा तदारुक्ताका साथ जुटेको  छ।

भारतीय डिजास्टर रेस्पोन्स टोलीलाई शनिबार जिल्ला प्रशासन कार्यालय चितवन र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयले घटनाको बारेमा विस्तृत जानकारी गराएको थियो ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतिय डिजास्टर रेस्पोन्स टोली कम्तीमा एक हप्ता सम्म सोहि स्थानमा रहि  काम गर्ने बताउनुभएको छ।

भारतको तर्फबाट खोजि कार्यका लागि आउनुभएका एक प्रतिनिधि कुणाल तिवारीले भारतमा पनि आफूले धमिलो पानीको बहाव र उच्च वहाबका नदीमा खोजतलास कार्यमा निकै दखलता हासिल गरेको भन्दै यहाँ कामगर्न पनि खासै समस्या नपर्ने बताउनुभयो ।

बसवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किन सफल हुनुभएको थियो भने ६२ जना बेपत्ता भएका थिए । गत शनिबार सम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भइसक्नुभएको छ भने । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्: