Worldlink Communications

पोखराको हल्लनचोकमा सवारी दुर्घटना- एकजनाको मृत्यु

साउन ६ पोखरा

आज बिहान ०५:४० बजेको समयमा जिल्ला कास्की पोखराको हल्लन चोकमा हाईलक्स गाडी र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ६ हल्लन चोक स्थित ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा. चालक ऐ.ऐ. ८ बस्ने वर्ष २६ को ईश्वर परियार घाइते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा ( घटना भएको एक घण्टापछि नै ६:४३ बजे ) उपचारको क्रममा चिकित्सक द्वारा मृत्यु घोषणा गरेको थियो।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिइ प्रहरीको टोलीले दुबै सवारी साधन र हाईलक्स चालक जिल्ला बर्दिया ठाकुर बाबा न.पा. ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ ड्यामसाईड बस्ने वर्ष ३० को सुशिल दहितलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: