Worldlink Communications

मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न आग्रह 

साउन ७,पोखरा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गर्नुभएको छ।

आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै निरीक्षण गर्नुभएको थियो।

मन्त्री थापाले हिजो भन्दा आज अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको ‘हिजो भन्दा आज स्याङजा अस्पतालले राम्रो धेरै रोगको उपचार गर्दै सेवा प्रवाह गर्दै आइरहेको र अझै यसको विस्तार गर्दै अगाडि बढिरहेकोमा खुशी व्यक्त गर्नुभयो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी र विश्वसिनय बनाउँदै लैजानुहुन सुझाउनुभयो।

अस्पतालमा शुभारम्भ गरिएको पीआइसियु र एनआइसियु जस्तो सेवाले बालबालिकाको उपचारमा सहयोग मिल्ने मन्त्री थापाले बताउनुभयो, स्याङजा अस्पतालको विभिन्न विषयलाई प्रभावकारी रुपमा संचालन गर्न ३ करोड ८ लाख २६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी गराउनुभयो । सिमित स्रोत र साधनका बाबाजुद पनि प्रदेश सरकारले स्याङजा अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

मन्त्री थापाले अस्पतालमा देखिएको जनशक्ति अभावको विषयलाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिनु भएको छ । ‘स्याङजा अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न सचिवज्यूलाई मेरो आग्रह छ अनुरोध छ आवश्यक जनशक्तिको उपलब्धतामा जोड दिनुहुोला। नागरिकको स्वास्थ्य उपचारमा कुनै समस्या सिर्जना नहोस् भन्नुभयो।

पूर्वमन्त्री सिता सुन्दासले स्वास्थ्यको क्षेत्रमा सबै संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको थियो । स्याङजा जिल्लामा देखिएको स्वास्थ्य समस्यालाई सुधार गर्न सबै एक हुनुपर्ने भनाई राख्नुभएको थियो भने गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले स्याङजा अस्पताल पुग्ने सडक संजाल विस्तारको बारेमा ध्यान दिनुपर्ने आवश्यकता भएको बताउनुभयो। अस्पतालमा काम गर्ने कर्मचारी देखि चिकित्सक सम्मका परिवारले सरकारी अस्पतालबाट नै उपचार गर्नुपर्ने र अस्पताल प्रतिको विश्वास बढाउनुपर्ने बताउनु भएको थियो।

सांसद महेश भट्टराईले स्याङजा जिल्लाको स्वास्थ्य र शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयको सचिव विनोदविन्दु शर्माले गण्डकी प्रदेशको दश वर्ष अगाडिको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको जानकारी दिनुभएको थियो।। स्याङजा जिल्ला अस्पतालमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न आफु र आफ्नो टिम लगायत सिङ्गै मन्त्रालय लागिपर्ने उनले बताउनुभएको थियो।

अस्पतालका मेसु सुशिल कुमार मरासिनीले २०५७ सालमा स्थापना भएको स्याङजा अस्पतालबाट ५६ शैयाको सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो । अस्पतालको ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी कर्मचारी रहेको बताउनुभयो। अस्पतालको भौतिक संरचना जीर्ण रहेको र यसको सुधारमा चाँसो दिन प्रदेश सरकार समक्ष आफ्नो माग राख्नुभएको थियो । कार्यक्रममा स्याङजा जिल्लाको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाली, बालरोग विशेषज्ञ डा. विनोद गैरे लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: