Worldlink Communications

सौर्य एअरलाइन्सको ‘दएन-एएमई’ कल साइनको विमान दुर्घटनामा

साउन ९ , काठमाडौं

बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भइ दुर्घटना भएको छ ।

बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्याइएको छ नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार, विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

सौर्य एअरलाइन्सको ‘दएन-एएमई’ कल साइनको विमान बिहान ११:११ बजे दुर्घटनामा परेको हो। उड्ने बित्तिकै मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको प्राधिकरणले बताएको छ।

ज्यान गएका यात्रुको सनाखत हुन भने बाँकी छ। सौर्य एयर लाइन्सका अनुसार विमानमा सवार १८ जना यात्रुहरूको नामावली यसप्रकार रहेको बताइ अनुसार

मनिषरत्न शाक्य ,एस कटुवाल ,अमिटमान महर्जन ,सागर आचार्य दिलीप बर्मा ,मनुराज शर्मा ,आश्विन निरौला सुदीपलाल जोशी ,सर्वेश महर्जन कालो डटेड ,नवराज आले ,राजाराम आचार्य , प्रिजा खतिवडा ,अधिराज शर्मा ,उद्धव पुरी ,यज्ञप्रसाद पौड्याल ,सन्तोष महतो ,पुण्यरत्न शाही ,आरिफ रातो हुनुहुन्छ ।

दुर्घटना भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थलको अवस्था र त्यहाँको वस्तुस्थिति बुझ्नुको लागि नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई बोलाएर जानकारी लिनको लागि त्रिभुवन विमानस्थल जानुहुने प्रधानमन्त्रीको सचिवालय बताएको छ।

प्रतिक्रिया दिनुहोस्: