पोखरा महानगर द्वारा खाद्य पसलहरू अनुगमन गर्दा मासुजन्य खाद्य बस्तु नष्ट र नगद जरिवाना गरिएको
भदौ २ पोखरा
पोखरा महानगरपालिले आइतबारदेखि बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुु जन्य तथा खाद्यय सामग्रीको बजार अनुगमन अनुुगमन सुरु गरिएको हो ।
महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुुगमन गरेको हो । अनुुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसिको मासुु १५ केजी गरी २३४ केजी जफत र नगद जरिवाना गरिएको छ ।
जफत गरिएको माछा र मासुु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिनुभयो । अनुुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ । १७ वटा मध्य १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा न. ९ बसपार्कमा संचालन रहेको लाचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०÷५० हजार जरिवाना गरिएको छ । त्यस्तै पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खान योग्य नभएको ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको थियो भने ति पसलहरु बाट ३०/३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै अनुुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा संचालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको थियो।
त्यस्तै न्युू सुुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो । अनुुगमनमा पसल नविकरण नभएको,सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको थियो ।
पोखरा महानगरपालिकामा गुुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुुगमन सुुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुुरुङले जानकारी दिनुभयो। विगतमा भएका अनुुगमनले बजारमा केही सुुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अवदेखि नियमित अनुुगमन गरिने पनि बताउनुभयो। उपप्रमुुख गुुरुङले अनुुगमनका क्रममा दिइएको सुुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुुनी कारबाही गरीने बताउनुभयो । यसबारेमा उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले पनि सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभयो।चाडपर्वमा मात्रै अनुुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडीनै अनुुगमन थालिएको उपप्रमुख गुुरुङको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखियो भन्नुभयो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताउनुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको बताउनुभयो ।
अनुगमनमा महानगरका उपप्रमुख एवं अनुुगमन समिति संयोजक मञ्जुुदेवी गुुरुङ, वडा अध्यक्ष रुद्रनाथ बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्याल, महानगर आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरिया,भेटेनरी हस्पिटल तथा पशुु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डे लगायत सरोकारवालाहरू को उपस्थितिमा सोअनुगमन कार्य गरिएको अनुगमन समितिका संयोजकका प्रेस सल्लाहकार एकराज गिरीले जानकारी दिनुभयो।