Worldlink Communications

बिधार्थी बोकेको स्कुल बस दुर्घटना – दुइ चालक घाइते, बिधार्थी सकुसल

भाद्र ७ , पोखरा

विद्यार्थी बोकेको न्यु मोडल सेकेन्डरी स्कुल को ग १ क ४६६१ नम्बरको बस दुर्घटनामा परेको छ।

पोखरा महानगरपालकिा वडा नं. १७ घारीपाटन चोक स्थति हमिालयन आँखा अस्पताल नजिकै भित्री सडक खण्डमा ऐ. ८ नागढुङ्‌गा स्थति रहेको न्यू मोडेल सेकेन्डरी स्कुल को ग १ क ४६६१ नं. को बस दुर्घटनामा परेको थियो।

बिद्यार्थी बोकेको स्कुल बस चालकले नियन्त्रण गुमाई सडक बाट करीब ३ मटिर तल खस्न गई पार्किङको गरी राखेको ट्याक्सीहरु माथि पर्न जाँदा बस चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.२ बयरघारी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालकिा वडा नं. ९ कृष्णटोल बस्ने वर्ष ५४ को दल बहादुर गुरुङ घाइते हुनुभएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ।

दुर्घटनाबाट घाईते हुनुभएको बस र ट्याक्सी चालकलाई उपचारको लागी गण्डकी मेडकिल कलेज पठाएको र चालकको अबस्था मध्यम रहेको वडा प्रहरी कार्यालय बैदामले बताएको छ।

बसमा २० जना बिद्यार्थीहरु सवार रहेका विद्यार्थीहरु सबै सकुशल रहेको कसैलाइ पनि  कुनै पनि चोटपटक नलागेको घटनास्थलमा खटी गएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको हो।

बसले पार्किङ गरिराखेका ग १ ज २९३४ नं. को ट्याक्सीको अगाडी र पछाडकिो भाग, ग १ ज २२४१ नं. को ट्याक्सीको अगाडी भाग र ग १ ज ४१८० नं. को ट्याक्सीको बम्पर र अगाडिको सिसा फुटेि क्षति पुगेको बताइएको हो ।

प्रतिक्रिया दिनुहोस्: