लामाचौर तिज महोत्सव -२०८१ लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता
भाद्र ११, पोखरा
मौलिक सस्कृतिको जर्गेना गरौ भन्ने उद्घोषका साथ नव आदर्स सामुदायिक विकास समाज लामाचौर पोखराले सस्थाको २८औं बार्षिकोत्सव समारोह एवं २६औ सस्करणको लामाचौर तीज महोत्सव २०८१ गर्ने भएको छ ।
सस्था स्थापना वर्ष २०५४ साल देखि नै निरन्तर सञ्चालन गर्दै आएको लामाचौर तीज महोत्सव यस वर्ष पनि महिलाहरुको महान पर्व हरितालीका तीजको पावन अवसरमा भाद्र १९, २० र २१ गते श्री इन्द्रराज्य लक्ष्मी मा.वि लामाचौरको प्राङ्गणमा संचालन हुने भएको जानकारी दिनको लागि नव आदर्स सामुदायिक विकास समाज लामाचौर पोखराले दिप गार्डेनमा पत्रकार भेटघाट कार्यक्रम राखेर जानकारी दिईएको थियो।
अन्तर महिला समुह तीज गीत प्रतियोगिता सँगै खेलकुदको छुटै ब्राण्ड बनाएको लामाचौर तीज महोत्वसवको ११ औ सस्करणमा लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता निरन्तरता हुने भएको छ भने दुई वर्ष अगाडिबाट सुरुवात गरिएको तेस्रो संस्करणको लामाचौर कप पुरुष भलिबल प्रतियोगिता पनि हुने भएको बताइएको छ।
महोत्सवमा अन्तर विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता र लामाचौर लक्ष्मी सुन चाँदी दुकानद्वारा प्याकेज प्रायोजन गरिएको अन्तर महिला समुहगत खुल्ला तीज गीत प्रतियोगिता पनि समावेश रहेका छन। ख्याती प्राप्त लोकदोहोरी कलाकारहरु सम्झना भण्डारी, अस्मिता डल्लाकोटी दुर्गेश थापा, दिपक खड्का, बसन्त विश्वकमां सरस्वती लामिछाने र प्रकाश पराजुली लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने छ भने महोत्सवमा औधोगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने बताइएको छ।
महोत्सवमा समावेश गरिएको प्रतियोगिताहरुका विजेता तथा उपविजेताहरुलाई राम्रो आकर्षक पुरस्कार व्यवस्थापन गरेको जानकारी गराउदै। लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता प्रथम पुरस्कार नगदी १ लाख ५० हजार १ सय ११, द्वितीय पुरस्कार नगदी १ लाख १ सय ११, तृतिय पुरस्कार नगदी ५० हजार १ सय ११ र सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट विधामा आकर्षक पुरस्कार रहेको छ। त्यसरी नै तीजगीत प्रतियोनिता तर्फ प्रथम पुरस्कार नगदी ५० हजार १ सय ११, द्वितीय पुरस्कार नगदी ३० हजार १ सय ११, तृतीय पुरस्कार नगदी २० हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ तथा सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार व्यवस्थापन गरिएको छ्। अन्तर विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता अन्तरर्गत प्रथम पुरस्कार नगदी ४० हजार १ सय ११, द्वितीय पुरस्कार नगदी २५ हजार १ सय ११, तृतीय पुरस्कार नगदी १५ हजार १ सब ११ र सान्त्वना तीन टिमलाई ५ हजार १ सय ११ र उत्कृष्ट, भेषभुषालाई ५ हजार १ सय ११ बाट पुरस्कृत गरिने बताइएको छ ।
महोत्सवको औपचारिक समुद्घाटन तथा लामाचौर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन भाद्र १९ गते हुने छ ।भाद्र २० गते दास्रो दिन लामाचौर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन हुनेछ भने २१ गते अन्तिम दिन विशेष समारोह सहित समापनको कार्यक्रम हुनेछ । पहिलो, दोस्रो तथा तेस्रो दिनको लागि प्रमुख अतिथि ज्यूहरुलाई पत्रचार भई सकेको छ । शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता र विकासका क्षेत्रमा योगदान पुन्याउनु हुने श्रस्टाहरुलाई वार्षिक रुपमा गरिने सम्मान तथा छात्रवृत्तिको कार्यक्रम यस वर्षमा पनि निरन्तरता रहने बताइएको छ।
यस महोत्सव सञ्चालन गर्न लामाचौर कप राष्ट्रिय महिला पुरुष भलिवल प्रतियोगिता सहभागि टिमलाई यातायात खर्च, आवास तथा खाना खर्च आयोजकले आफैले व्यवस्थापन गर्नपर्ने बताइएको छ भने यस महोत्सवलाई पूर्ण रुपमा सम्पन्न गर्न रु ५४ लाख ८८ हजार १ सय १७ रुपैया खर्च अनुमान गरिएको र महोत्सवबाट खर्च घटाई बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष बृदिका लागि थप गर्ने लक्ष्य लिएको छ । हाल बजारको आर्थिक मन्दिका कारण व्यापार व्यवसाय मारमा छ सोही कारण विगतका बर्षहरु जस्तो रकम संकलनमा कठिनाई भइरहेको भएपनि व्यवसायीहरुले आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकोमा सस्थाले धेरै नै आभार प्रकट गर्दछ भनिएको थियो।
समय र परिवेस अनुसार सस्था खर्च कटौति गर्न बाध्य भएको भएपनि आफुले सक्दो सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरु प्रति सस्था हार्दिक धन्यवाद व्यक्त गर्दै विगत बर्षहरुमा जस्तै यस वर्ष पनि महोत्सवको मुख्य सहयोगी रुपमा श्री इन्द्रराज्य लक्ष्मी मावि र बानिया किरांना स्टोर्स लामाचौर रहने बताइएको छ भने महोत्सवको सरक्षक रुपमा पोखरा महानगरपालिका वडा नं. १९ तथा १६ को कार्यालय रहने सम्पूर्ण जानकारी नव आदर्स सामुदायिक विकास समाज लामाचौर पोखराले जानकारी गराएको थियो।