नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजय
भाद्र १२ , पोखरा
नेकपा एकीकृत समाजवादीको सचिवमा कास्कीका श्रीनाथ बराल विजय हुनुभएको छ ।
सचिव पदमा पाँचजना विजयी हुँदा शेरबहादुर कुँवर १५३ , सोम प्रसाद पाण्डे १४१ , श्रीनाथ बराल १०७ , र सावित्री कुमारी भुसाल १०६ मत र चन्द्रबहादुर शाही ९१ मत पाएर विजयी भएको छ भने पोखराका मेयर धनराज आचार्य ७५ मत पाएर पराजित हुनुभएको निर्वाचन समितीले जनाएको छ।
जिल्ला पार्टीमा श्रीनाथ बराल र धनराज आचार्यको प्रतिस्पर्धा हुन्छ भन्ने कुरा पार्टीका सम्बद्ध व्यक्तिहरूले बताउनुभएको थियो भने पार्टीको केन्द्रिय चुनावमा पनि यिनै दुईजनाको कडा प्रतिस्पर्धा हुने बताइएको भए पनि पछिल्लो समय श्रीनाथ बराल पार्टी बनाउने काम र बिगत बाट शिक्षा लिदै पार्टी निर्माणको कार्यमा जोड दिदै हिड्नु भएको हुनाले पनि यो जित सम्भब भएको पार्टी सम्बन्ध व्यक्तिहरुले बताउनुभयो।
नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्ह बाट गठबन्धन को तर्फबाट उम्मेद्वारी दिएर मेयरमा निर्वाचित भए पनि पोखराको विकासमा कुनै पनि उल्लेख्य काम गरेर देखाउन नसक्नुभएको हुनाले धनराज आचार्यले यो हार बेहोर्नु परेको हुन सक्ने सिंगो पार्टीको आस्था रहेका शुभेच्छुकहरुको भनाइ छ।
पोखरा महानगरपालिका को मेयर पदमा विजयी हुनुभएका धनराज आचार्यले एकीकृत समाजवादी पार्टी सफल भएको भनिए पनि जिल्ला पार्टीका शीर्षस्थ नेताहरू एमालेमा प्रवेश गरिसकेको हुनाले त्यसमा उहाँको पनि धेरथोर हात भएको महसुस गरेको कारणले पनि पार्टीका नेताकार्यकर्ताले उहालाइ गराइदिएको हुन सक्ने जानकारहरूले हामीलाई बताउनुभयो।
मेयरको कार्यशैलीप्रति पोखरा महानगर बासीहरूको असन्तुष्टि छरप्रष्ट सामाजिक सञ्जालमा बग्रेल्ती देख्न पाइन्छ भने उहाँको कार्यशैली प्रति समयसमयमा उठ्ने गरेका बिबिध प्रश्नहरूको कारणले पनि मेयर आचार्यको लोकप्रियता घटेकोले गर्दा तुलनात्मक रूपमा पार्टीभित्र श्रीनाथको चर्चा उचालिएको नेकपा समाजवादी सम्बद्ध कार्यकर्ताहरूले आफ्नो दावी रहेको बताउनुभएको हो।