Worldlink Communications

बाटुलेचौरको ऐतिहासिक तीज मेलालाइ पोखरा १६ ले निरन्तरता दिने

भाइ १२ ,पोखरा

पोखरा १६ , बाटुलेचौरको ऐतिहासिक तीज मेलालाइ निरन्तरता दिने कार्यलाइ यसपटक पोखरा महानगरपालिका वार्ड नं १६ को अग्रसरतामा तिब्रता दिइएको छ ।

नेपाली महिलाहरूको सास्कृतिक पर्बका रुपमा मनाइने तीज मेलालाई सम्पन्न गर्नकोलागी बिभिन्न समिति र‌ उपसमितिहरु का  बैठक बसि मेलालाइ कसरी सफल बनाउन सकिन्छ भनि छलफलमा जुटेका छन् ।

वार्ड कार्यलयको संरक्षकतामा बडहरबोट आमा समुहको सयोकत्व मा मुल आयोजक समिति गठन गरिएको छ।मेलालाइ भब्य र सभ्य बनाउन विभिन्न उप समिती गठन गरि जिम्मेवारी दिइएको छ ।

जसमा अर्थ समितीको सयोजक रामचन्द्र आचार्य ,प्रचार सयोजक सन्जय थापा , मन्च ब्यबस्थापन समितीमा गुरुदत्त भट्टराई, अनुगमन तथा निरीक्षण उपसमिति सयोजकमा तारा प्रसाद तिम्सिना ,खाजा तथा जलपान ब्यबस्थापन उपसमितिमा वडा सदस्य राजकाजी गुरुङ , स्वयंसेवक उपसमितिमा राम शरण बानियाँ , स्वास्थ्य सेवा ब्यबस्थापन उपसमितिमा दुर्गा केसि थापा , अन्तरर क्लब आमन्त्रित ह्यान्ड बल प्रतियोगिता कार्यक्रम ब्यबस्थापन उप समितिका सयोजकमा अनिल बस्नेत रहनुभएको छ।

आज आयोजित तयारी बैठकमा अर्थ समितिका सयोजक वडा सदस्य रामचन्द्र आचार्यले मेला सफल पार्न सबै उपसमितिहरुको महत्त्वपूर्ण भुमिका रहने बताउदै ऐक्यबद्धताको लागि अपिल गर्नुभएको थियो ।

सरक्षक सस्थाको तर्फबाट अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ऐतिहासिक मेला आयोजनालाइ निरन्तरता दिन वडाले जिम्मेवारी लिन परेको प्रस्ट पार्दै मेला सफल पार्न आव्हान गर्नुभएको थियो।मेला आयोजक मुल ब्यबस्थापन समितिका सयोजक वडा सदस्य राजकुमारी बानियाँले नेपाली महिलाहरुको महान पर्व ऐतिहासिक महोत्सवको रुपमा आयोजना गरि सफल पार्नु आम नागरिकको जिम्मेवारी रहेको बताउनुभएको थियो।

भाद्र १८ देखि २१ गते सम्म बाटुलेचौरको मैदानमा आयोजना गरिने मेलामा तीज गीत प्रतियोगिता ,अन्तर क्लब ह्यान्ड बल प्रतियोगिता , अन्तर बिध्यालय नृत्य प्रतियोगिता,रहेको छ । तीज गीत प्रतियोगिता विगतमा भएको निरन्तरता दिदैं यसपालि पनि सहभागी प्रत्येक समुहलाइ १० हजार रुपैया प्रदान गर्ने आयोजकले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्: