दीप युनाइटेड क्लब पोखरा १६ ले गरेको खुला रक्तदान कार्यक्रम बाट ९० यूनिट ब्लड सङ्कलन
भाद्र १५ , पोखरा
दीप युनाइटेड क्लब पोखरा १६ ले आयोजना गरेको रक्तदान कार्यक्रम बाट ९० युनिट ब्लड संकलन गरिएको छ।
“सद्भाव र सहकार्यका लागि एकता”भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले हिन्दुनारीहरूको महान पर्व हरितालिका तीजको पूर्वार्धमा विगत वर्षहरूमा जस्तै यस वर्ष पनि रक्तदान जीवनदान भन्ने कार्यक्रमलाई निरन्तरता दिँदै आज पोखरा १६ को दीपमा गरेको बाह्रौं खुल्ला रक्तदान कार्यक्रम बाट ९० युनिट ब्लड संकलन गरेको हो ।
१२औँ खुला रक्तदानकार्यक्रमको संयोजक आशिष पौडेलले गर्नुभएको थियो भने अध्यक्षता दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्यले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि अमृत तिमेलसिनाले ब्यानरमा हस्ताक्षर गर्दै बिन्माध्यबासिनी माध्यमिक विद्यालयका निरन्तर ५५ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रम उद्घाटन गर्नुभएको थियो
रक्तदान जीवनदान हो भन्दै हरेक स्वस्थ मान्छेले रक्तदान हरेक ३/३ महिनामा गर्न सकिन्छ भन्नुभयो। रक्तदान गर्नु भनेको व्यक्तिको स्वस्थ अवस्था जाँच्ने एउटा कडी पनि हो भन्नुभयो। रक्तदान गर्नु सबैको लागि राम्रो हो भन्दै दीप युनाइटेड क्लबले विगत १२ वर्षदेखि तीज को मौका पारेर गर्दै आएको यो कार्यक्रम आफैमा सरानीय भएको बताउनुभयो।
विभिन्न व्यक्तित्वहरू घटनामा परेर होस् वा बिरामी भई हस्पिटलको सैयामा सुतिरहेको अवस्थामा होस् विभिन्न परिवेशमा घाइते भएर समयमा रगत नपाएर छटपटाएका सम्पूर्ण व्यक्तिहरूको सहयोगको लागि जीवन दान गर्नु भनेको वास्तविक जीवनदान हो भन्नुभयो। यसैगरी वार्ड भित्र रहेका हरेक संघसंस्थाहरुले समयसमयमा यसरी रक्तदान सङ्कल जस्तो पुण्य काम गर्नुपर्ने बताउनुभयो।
हरेक वर्ष यसरी गरिने कार्यक्रमहरूबाट सङ्कलित ब्लड बाट हरेक व्यक्तिको प्राण बच्ने हुँदा यस्ता सरानीय कार्यहरु वडाभित्र रहेका सबै संघसंस्थाहरुले गर्ने हो भने मानव जातिको कल्याण हुने प्रमुख अतिथि अमृत तिमिल्सिनाले बताउनुभयो।
दीप युनाइटेड क्लबको बाह्रौं खुला रक्तदान कार्यक्रमलाई भव्य र सभ्य रूपले संस्थाका सचिव भीमप्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि हार्ड रोग विशेषज्ञ डा. निरज रन्जितको र विशेष अतिथि बगरका प्रहरी सहायक निरीक्षक तारा बि क ले गर्नुभएको थियो।
संस्थालाई स्थापनाकाल देखि नै माया गर्ने स्थानीय व्यक्तित्वहरूको आतिथ्यता र स्थानीय व्यक्तिहरूकै जागरणमा भएको ब्लड संकलन कार्यक्रमबाट ९० युनिट रगत संकलन गरि कार्यक्रमलाई सफल बनाइदिनु हुने सम्पूर्ण आदरणीय अग्रज, अनुज सबैलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गरिरहनुभएका खेमराज आचार्यले कार्यक्रम समापन गर्नुभएको थियो ।