Worldlink Communications

हिमालय क्लबको १४ औँ अधिवेशनबाट सर्वसम्मत अध्यक्ष: मोहन थापा

असोज ३ , पोखरा

उपल्लो पोखरा भनेर चिनिने पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको हिमालय क्लब को १४ औँ अधिवेशनबाट मोहन थापा दोस्रोपटक निर्विरोध अध्यक्ष हुनुभएको छ।

आज भएको २८ औं साधारण सभा तथा १४ औं अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा मोहन थापा ,प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्षमा प्रकाश थापा,सचिवमा तुलवहादुर वस्नेत, सहसचिवमा मनु वस्नेत,कोषाध्यक्षमा लक्ष्मी पौडेल र सह कोषध्यक्षमा लक्ष्मी देवकोटा चयन हुनु भएको छ भने सदस्यमा विष्णु नेपाली, राजकुमारी वाँनिया, खगेन्द्र थापा , सुवाष तिमिल्सीना, विना केसी,  केशव थापा, लक्ष्मी श्रेष्ठ, रामशरण वाँनिया र सरीता अधिकारी चयन हुनुभएको  छ ।

कार्यक्रम क्लवका अध्यक्ष सुशील वस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रमको उद्घाटन सस्थाका पूर्व अध्यक्ष ताराप्रसाद तिमिल्सीना गर्नु भएको सो कार्यक्रममा मानार्थ सदस्य वेनीवहादुर वस्नेत,दिप युनाईटेड क्लवका अध्यक्ष खेमराज आचार्य, निर्वाचन समितिका संयोजक चित्रवहादुर थापा, सदस्य दुर्गा केसी थापा लगाएतले अहिलेको समाज परिबर्तन देखि लिएर बिकासका सम्बाहकको रुपमा सामाजिक संघ संस्थाहरुको प्रमुख भूमिका रहेको र सघसस्थाहरुको सक्रियता र क्रियाशिलताले मात्रै विकास भएको वताउनु भयो।

प्रतिक्रिया दिनुहोस्: