Worldlink Communications

नेपाल प्रगतिशील प्राध्यापक सङ्‌‌गठन पृथ्वीनारायण क्याम्पसको प्रेस विज्ञप्ति-प्रकृयागत चुनौतीहरू सग सामना र प्रतिकार गर्ने

असोज ७ , पोखरा

नेपाल प्रगतिशील प्राध्यापक सङ्‌‌गठन पृथ्वीनारायण क्याम्पसले पृथ्वीनारायण क्याम्पस पोखराले भोग चलन र संरक्षण गर्दै आएको जग्गा पृथ्वीनारायण क्याम्पसको स्वामित्वमा ल्याउन सबै प्रकृयागत चुनौतीहरू सग सामना र प्रतिकार गर्न नेपाल प्रगतिशील प्राध्यापक संगठन, क्याम्पस समिति हरतवरले प्रतिबद्ध रहेको आज एक प्रेस विज्ञप्ति निकाल्दै प्रष्ट पारेको छ ।

प्रेस विज्ञप्तिका अनुसार पृथ्वीनारायण क्याम्पस, पोखराले भोग चलन र संरक्षण गर्दै आइरहेको करिब २२३ रोपनी जमिन (मालपोत कार्यालयको फिल्डबुकमा “पृथ्वीनारायण क्याम्पसले दाबी गरेको” भन्ने उल्लेख गरेको) क्याम्पस प्रशासन र सम्पूर्ण सरोकारावालाहरू सँग छलफलै नगरी, जानकारीनै नदिई नेपाल सरकारले अधिकरण गरेको सन्दर्भमा हाम्रो सङ्गठनको गम्भीर रुपमा ध्यान आकृष्ट भएको बताएको छ।

डिग्री अवार्डेड क्याम्पस, विश्वविद्यालय उन्मुख, नेपालकै सवैभन्दा धेरै विद्यार्थीहरू अध्यापन गराइरहेको यस क्याम्पसलाई थप पूर्वाधार, विकासको योजना र क्षेत्रफल वृद्धिका कार्यक्रमहरू ल्याउनु पर्ने कुरालाई नजरअन्दाज गर्दै नाटकीय रुपमा गरिएको यस शैक्षिक संस्थाप्रतिको ठाडो हस्ताक्षपलाई हाम्रो संगठन घोर निन्दा र भर्त्सना गर्दछ भनिएको  छ ।

यस्तो परिस्थितिमा यस क्याम्पस भित्ररहेका जिम्मेवार सरोकारवाला इकाई तथा नेतृत्वदायी व्यक्तिहरू आपसी आरोप-प्रत्यारोपमा लाग्ने र एकतामा खलल पुऱ्याउने काममा लागिरहनु र यस्तै खालका अभिव्यक्तिहरू विभिन्न माध्यमवाट प्रसारित गर्न तल्लीन रहनु दुःखद् कुरा हो। क्याम्पसको हत्याइएको जमिन जस्तो साझा समस्यालाई समाधान गर्ने गरी क्याम्पसको स्वामित्वमा ल्याउन सम्पूर्ण सरोकारवालाहरू एकताबद्ध भई योजनागत ढङ्गले अगाडि बढ्नुवाहेक अन्य विकल्प नभएको हाम्रो संगठनको प्रष्ट धारणा छ भनिएको छ।

यस सन्दर्भमा क्याम्पस प्रशासन र क्याम्पसमा रहेका त्रि.वि. प्रा.संघ, त्रि.वि. कर्मचारी संघको धारण स्पष्ट देखिएन। क्याम्पस प्रशासनलाई आफ्‌नो धारणासहित क्याम्पसका प्राध्यापकहरू, कर्मचारीहरू एवम् विद्यार्थी प्रतिनिधिहरूसहितको आम भेला तत्काल आयोजना गरी उक्त भेलाको म्यान्डेट लिई अब चाल्नु पर्ने कदमको योजना तय गरी यथासिघ्र कार्यान्वयनमा लैजान जोडदार माग गर्दछौं भनिएको छ ।

यसै सन्दर्भमा यस विषयलाई सफल पार्न यस क्षेत्रमा रहेका नागरिक समाज, प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू र अन्य सम्पूर्ण सरोकार वालाहरूलाई आ-आफ्‌नो क्षेत्रबाट खबरदारी एवम् सहयोग गरिदिनुहुन आह्वान गर्दछौं भनि नेपाल प्रगतिशील प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष नवीन अधिकारी प्यासीले प्रेस विज्ञप्ति जारी गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्: