Worldlink Communications

तीज गीत प्रतियोगिता सँगै दर खुवाउँदै पोखरा महानगरपालिका वडा न. २०

भाद्र १९ ,पोखरा

पोखरा महानगरपालिका वार्ड नं २० ले वडा पहिचान शीर्षकमा तीज गीत प्रतियोगिता सँगै वडा भित्रका आमा दिदीबहिनीहरूलाई दर खुवाउने कार्यक्रम-२०८१ सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका वडा न.२० भित्र रहेका आमा समूहहरू बीचमा गरिएको वडा पहिचान शीर्षकमा आन्तरिक तीज गीत प्रतियोगिता कार्यक्रममा १९  टिमहरु दर्ता भएका मध्ये  देवीडाँडा आमा समूह प्रथम भएको छ।

वडा पहिचान शीर्षकमा भएको तीज गीत प्रतियोगिता एवं दर खुवाउने कार्यक्रम को अध्यक्षता वडाध्यक्ष गङ्गबहादुर खत्रीले गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका का उपप्रमुख श्री मञ्जुदेवी गुरुङले गर्नुभएको थियो । कार्यक्रमलाइ भव्य र सभ्य रूपले सञ्चालन कलाकार जीवन दाहालले गर्नुभएको थियो।

वडा पहिचान तीजगीत प्रतियोगिता एवं दर खुवाउने कार्यक्रमको उद्घघाटनका गर्दै उपप्रमुख मञ्जु देवी गुरुङले धर्म संस्कृति रीतिरिवाज परम्परा जोगाउँदै आजसम्म हाम्रा पूर्वजहरूले गर्दै आएका हरेक कार्यक्रम हरुलाई आत्मसाथ गर्दै अगाडि बढिरहनको लागि गरिएका यी कार्यक्रमहरुले हामीलाई अनुशासित, नैतिकवान ,चरित्रवान र सभ्य नागरिक बनाउँदै अगाडि बढाएको वास्तविकता स्वीकार्नुपर्छ भन्नुभयो।

विशेषगरी तीज पर्व महिला नारी दिदीबहिनीहरूले विवाह गरेर आफ्नो घरमा गएपछि पाएका सुख दुःखका अनुभूतिहरूलाई पीडाहरूलाई खुसीहरूलाई वर्षको एकपटक माइती देशमा गएर छमछमी नाच्दै आफ्ना आवाजलाई स्वतन्त्र रूपमा पोख्ने चाडपर्व को रुपमा पनि हेर्दै आएको इतिहास हामी देख्न सक्छौं भन्नुभयो।

वडाभित्र रहेका आमा समूहहरूबीच गरिएको वडा पहिचान शीर्षकमा भएकोआन्तरिक तीज गीत प्रतियोगिता मा १९ टिम बाट प्रथम हुन सफल देवीडाँडा आमा समूहले १२०००/- पुरस्कार पाएको छ।दोस्रो हुन सफल बेसी दिदीबहिनी आमा समूहले १००००/- पुरस्कार पाएको छ। त्यस्तैगरी तृतीय हुन सफल बिसौना दिदीबहिनी समूहले ८०००/- पुरस्कार पाएको छ भने सान्तोना पुरस्कार सृजनशील आमा समूह भलाम तल्लाचौर र खोर प्यारे दिदीबहिनी समूहले ३/३ हजार पुरस्कार पाएको छन।

विभिन्न शीर्षकमा पुरस्कार व्यवस्थापन गरेको वडा कार्यालयले भेषभुषामा: सुवेदी बुहारी समूह, नृत्यमा: रेसिका बाल समूह,स्वरमा: शिव मन्दिर आमा समूह र लयमा: पिपलडाली आमा समूहले क्रमश: ३/३ हजार पुरस्कार पाएको छन।

वडा पहिचान तीज गीत प्रतियोगितामा खिर,अचार, तरकारिका परिकार वनाउने तथा खुवाउने कामकाे स्वयंसेवकिय भुमिका स्थानिय शिव मन्दिर अामा समुह र शिर्जनशिल युवा क्लवले गरेको थियाे।

प्रतियोगिता हुँदै गर्दा दरको रूपमा खिर तरकारीहरू खाँदै तीज गीत प्रतियोगिता गरिएकोसो प्रतियोगिताको निर्णायक मण्डलको मूल्याङ्कन गर्ने भूमिकामा तारापति सुवेदी, माया गुरुङ र शान्ति बर्देवाले गर्नुभएको थियो ‌। वडाले गरेको तीज गीत प्रतियोगिता र दर खुवाउने कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फो के टेलिभिजनले गरेको जानकारी वडाध्यक्ष गंगबहादुर खत्रीले दिनुभयो।

प्रतिक्रिया दिनुहोस्: