Worldlink Communications

कास्कीका कार्यालयहरुबाट सम्पादन गरिएका बार्षिक कामहरुको समीक्षा जिल्ला समन्वय कास्कीको सभाहलमा शुरु

भदौ २५ ,पोखरा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८०/८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम आज मंगलबार बाट जिल्ला समन्वय कास्कीको सभाहलमा शुरु भएको छ।

कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका योजना थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन सबै कार्यलय प्रमुखहरु लाइ आग्रह गर्नुभयो ।

प्रभाबकारी कार्यान्वयनमा बिध्यमान कानुनी अप्ठ्याराहरू लाइ निराकरण गर्न सबैको पहल आबश्यक भएको भन्दै कार्कीले उत्कृष्ट कार्य गर्नमा प्रयासरत रहन आग्रह गर्नुभयो । सरकारका तिनै तहको समन्वय गरी प्रभाबकारी कार्य गर्न जिल्ला समन्वय समिति कास्की ले महत्वपूर्ण भुमिका खेलेको भन्दै कार्कीले आबश्यक थप ऎन कानुन निर्माणका लागि प्रदेश सभाबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

प्रदेश सभा सदस्य गणेशमान गुरुङले आम जनताको आबश्यकता लाई ध्यान दिदै द्रुत गति सेवा दिन आग्रह गर्नुभएको थियो ।गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले बिनियोजित बजेटमा पुजिगत तथा बित्तिय खर्च विवरण न्यून हुनु गम्भीर समस्या भएको भन्दै त्यसतर्फ बिकासका नीति तथा योजना केन्द्रीत गर्न आग्रह गर्नुभएको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्की का हरेक कार्यालयहरू उत्कृष्ट हुनु पर्ने भन्दै चालू आर्थिक बर्षका योजना निति कार्यक्रम प्रभाबकारी रूपले कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

२०८०/८१ को समिक्षामा रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ गुरुङ , माछापुछ्रे गाउँपालिकाका उपाध्यक्ष सिता अधिकारी , अन्नपूर्ण गाउँपालिका का उपाध्यक्ष चन्द्रकला अधिकारी , रूपाका उपाध्यक्ष लालसुब्बा गुरुङ , मादीका उपाध्यक्ष कल्पना गुरुङ सहितले कास्कीका कार्यालयहरूको कार्य सम्पादनको स्तर र सेवा प्रबाहको सम्बन्धमा धारणा राख्नुभएको थियो ।

मंगलबार शिक्षा तथा समन्वय इकाइ ,कृषि ज्ञान केन्द्र ,सिचाइ तथा जलस्रोत ब्यबस्थापन आयोजना कार्यालय कास्की,घरेलु तथा पर्यटन कार्यालय ,डिभिजन बन कार्यालय ,स्वास्थ कार्यालय ,बृहत जलाधार ब्यबस्थापन केन्द्र गण्डकी ,डिभिजन बन कार्यालय ,कास्कीका अन्नपूर्ण गाउँपालिका ,माछापुच्छ्रे गाउँपालिका , रूपा गाउँपालिका र  मादी गाउँपालिका सहित पोखरा महानगरपालिकाले आफ्नो कार्यालयको समिक्षा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

समिक्षामा कार्यालयहरूले बार्षिक स्वीकृत बजेट कार्यक्रम ,बार्षिक लक्ष्य अनुसार भौतिक र बित्तिय प्रगती, कार्यान्वयनका उपलब्धि ,समस्या र चुनौती सहित कामको नतिजामा सुधार सम्बन्धमा छलफल गरिएको कार्यक्रममा विकासका हरेक कामहरू डाटाबेसमा हुनुपर्ने र विकास दिगो हुनुपर्ने राज्यको पैसा लगानी गर्दा खेरा नजाने किसिमले गर्न पाए हुन्थ्यो भन्ने किसिमका धारणाहरु सबैले राख्नुभएको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला समन्वय उप प्रमुख सरिता माल र कार्यक्रम सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: