Worldlink Communications

मन्त्री थापा भन्नुहुन्छ: विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध छ

असोज १ ,पोखरा

१२औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकास गर्न  प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेपालको हावापानी र माटो  सुहाउँदो जिबनसंग प्रत्यक्ष सरोकार राख्ने र उत्पादन संग जोडिने समाज परिवर्तनको अंगको रुपमा विज्ञान आबस्यक भएको बताउनु भयो । मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित रहेर गरिएको  अध्ययन नै विज्ञान हो भन्दै आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सक्नु पर्छ भन्नु भयो ।

कार्यक्रममा प्रा.डा.भरत पहारी , प्रा.डा. नवराज देवकोटा , डा.ढाकाराम भण्डारी , डा.पुनम गौचन लगायतले  विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने , विषयको विशिष्टिताको ज्ञान हुनुपर्छ भन्दै  साइन्स एण्ड टेक्नोलोजी लाइ  उत्पादन सङ्ग जोडनुपर्ने र यसको लागि  रिसर्चको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो ।

विकास र उत्पादन वृद्धि भन्ने नाराका साथ्  मनाइएको विज्ञान दिवस  प्यानल डिस्कसन गरिएको सो कार्यक्रमलाइ  डा. कपिल अधिकारीले सहजीकरण गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्: