Worldlink Communications

जय मनकामना बचत तथा ऋण सहकारी संस्थाको २४औ साधारण सभा कार्यक्रम सम्पन्न

असोज १९ , पोखरा

जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा इन्जिनियरिङ कलेजको सभाहलमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष नवीन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य इन्द्रबहादुर बानियाले गर्नुभएको थियो विशिष्ट अतिथि पोखरा महानगरपालिका वडा नं.१९ का अध्यक्ष पुस्पेन्द्र पाण्डेले गर्नुभएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपले संस्थाका सचिव बुद्धि बहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो।

विशिष्ट अतिथि पुष्पेन्द्र पाण्डेले सहकारीका सात सिद्धान्त र अनुशासित मर्यादित बन्दै सहकारी के हो भन्ने विषयको  गाम्भीर्यता लाई बुझेर सहकारी चलाइयो भने नीति, विधि र प्रविधि मिलाउँदै सबै  सग सहकार्य गरेर अगाडि बढेमा अहिले बजारमा देखिएको सहकारी प्रतिको वितृष्णा नआउने  तर त्यसलाई बेवास्ता गर्दै अगाडि बढेमा हाम्रा सहकारीहरूमा पनि यस किसिमका समस्याहरू नआउलान् भन्न सकिँदैन। तसर्थ बेलैमा होसियार भई संस्थालाई कसरी अगाडि बढाउने ऋणहरूको बारेमा कसरी बुझ्ने ऋण दिने बेलामा कसलाई दिने सबै कुराहरु राम्रोसँग सोचेर संस्थालाई अगाडि बढाउन सकियो भने संस्था कहिल्यै पनि केही पनि नडुब्ने  बताउनु भयो।

त्यस्तैगरी कार्यक्रमको प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य इन्द्रबहादुर बानियाले कति दुःख कष्ट गरेर संस्थालाई यहाँसम्म ल्याएको पुस्ता हस्तान्तरण गरिसकेपछि पनि नयाँ पुस्ताले यस सहकारीको मर्म मूल्य मान्यता सबै बुझेर आफ्नै भवन आफ्नै व्यवस्था गर्न लागेकोले आफूहरू धेरै नै खुसी भएको बताउनुभयो। सहकारीका साथ सिद्धान्तलाई अक्षरस्य पालना गर्दै व्यवहारमै लागू गरियो भने अन्यत्रका सहकारीहरु डुब्न सक्छन् भत्किन सक्छन् तर यहाँका सहकारीहरू कहिल्यै नडुब्ने बताउनुभयो।

लामाचौर इन्जिनियरिङ कलेजका क्याम्पस प्रमुख निर्मल बराल, भूतपूर्व अध्यक्षहरूको तर्फबाट संजयकुमार अधिकारी अतिथिहरूको तर्फबाट राष्ट्रिय सहकारी बैंक पोखराका अमृत श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै सबै व्यक्तित्वहरूले सहकारीका सदस्यहरूले हामीले कति बोनस पायौं भन्ने र जिम्मेवार निकायले कति दियौं भन्ने भन्दा पनि संस्था कुन अवस्थामा छ भन्ने कुरा हेक्का राख्दै ऋण लगानी कहाँ कहाँ कसरी कसरी लगानि गरेको छ भन्ने विषयमा सबै चनाखो भएर सोध्नुपर्ने जानकारी लिनुपर्ने सोध्दा र जानकारी लिँदा आफूलाई कमजोरी ठानियो भने संस्था कहाँ कसरी हिँडिरहेको छ थाहा नहुने हुँदा यस्ता घटना नघट्ने बताउनुभएको थियो।

हरेक वर्ष उत्कृष्ट कर्मचारीहरूलाई दिदै आएको पुरस्कार यस वर्ष कुस्मिता बरुवाललाई नगद प्रमाणपत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो।

अध्यक्ष नविन भण्डारीले संस्थाका जेष्ठ वचत नागरिक र विभिन्न विधामा काम गर्नुभएका व्यक्तित्व लाई सम्मान गरेको यस सस्थाले आगामी दिनमा संस्थालाई अझै राम्रो बनाइ अगाडी बढाउनको लागि सहकारीका सात सिद्धान्तहरु भित्र बसेर गण्डकी प्रदेश कै पहिलो सहकारीको रुपमा उभ्याउन सफल भएको यसको श्रय जय मनकामना को टिम अगाडि बढिरहेकोले नै सम्भव भएको बताउनु भएको थियो।

६८ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र खादाले सम्मान गरेको थियो भने आगामी वर्ष देखि ७० वर्ष पुग्नुभएका जेष्ठ नागरिक सदस्यहरूलाई प्रत्येक महिना ५०० दिने निर्णय गरेको जानकारी दिइएको थियो।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्: