भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स भने शिक्षामा बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा
असोज २९ , काठमाण्डौ
आर्थिक वर्ष पहिलो दुई महिना साउन–भदौ मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार बिशेष गरि चाडबाडका बेला विदेशमा रहेका नेपालीहरुले आफ्ना परिवारको लागि भनेर पैसा नेपाल पठाउने गरेको बताएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शिक्षामा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो ।
शिक्षामा अधिक रकम विदेसीदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ भने अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।