Worldlink Communications

काठमाडौँमा पक्राउ पर्नुभएका रवि लामिछानेलाइ स्थल मार्गबाट पोखरा जिप्रका कास्कीमा ल्याइयो

कार्तिक ३ पोखरा

काठमाडौँमा पक्राउ पर्नुभएका रार्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई  आज शनिबार बिहानपख पोखरा ल्याइएको छ ।

सहकारी ठगी र संगठित अपराध गरेको बिषयमा अनुसन्धानका लागि उहालाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको र उहालाई राति नै काठमाडौं देखि स्थल मार्गहुदै पोखरा ल्याइएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरि उहालाई करिब ३ बजेतिर  जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा ल्याउनु अघिनै पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले,रबि पत्नि निकिता लामिछाने लगायत का नेताहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगिसक्नु भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले राजमार्गका विभिन्न ठाउँमा भेला भएर बिरोध स्वरुप नाराबाजी गरेका थिए भने प्रहरी कार्यालय भित्र लग्नु अगाडि पनि नाराबाजी गरेका थिए।

पोखराको सूर्यदर्शन सहकारी र गोर्खा मिडिया प्रालि बाट अध्यक्ष जिबी राईले मोटो रकम लैजाने र त्यो रकममा रबिले अपचलन गरेको  र त्यसमा रबिको संलग्नता रहेको संसदीय छानबिन समिति को प्रतिबेदनमा उल्लेख भए अनुसार रबिलाइ पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्: