Worldlink Communications

शान्तिको लागि अर्जुन गोदार आज देखि काठमाण्डौंको दसरथ रंगशालाबाट पोखरा तर्फ दौडदै

कार्तिक ६ , पोखरा

कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज देखि काठमाण्डौं को दसरथ रंगशालाबाट पोखरा तर्फ दौडन सुरु गर्नुभएको छ ।

करिब २ सय किलोमिटरको दौड तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नुभएको उहाले पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गर्नुभएको छ। मंगलबार दमौलि नजिक पुगेर बस्ने र बिहानै दौडने योजना रहेको उहाका सहयोगी विकास खड्काले जानकारी दिनुभयो ।

नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आउनुभएका अर्जुनकोदारले  काठमाडौँको दशरथ रंगशालाबाट सुरु गर्न लाग्नुभएको दौड कार्यक्रम ३ दिनमा पोखरा रंगशालामा आएर समापन गर्ने रहेको छ ।

दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उहाको उद्देश्य अनुसार सम्बन्धित क्षेत्रबाट  उहाको स्वास्थ्य आबस्यकतालाई ध्यानमा राखी मोटरसाइकल राइडर सहितको मेडिकल टिम उपलब्ध गराइएको छ ।

विशेषगरी काठमाडौँ बाट पोखरासम्मको बाटोमा बढि दुर्घटना हुने भएको र धेरैको ज्यान गुमाउन परेको दुखद बिषयले मन दुखेको ले गर्दा शान्तिको कामना गर्दै दौडनु स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरागर्न लागेको अर्जुन गोदारले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्: