Worldlink Communications

गायत्री सामूदायिक सिकाई केन्द्रद्वारा अभिभावक प्रशिक्षण 

कार्तिक ८ ,पाेखरा

पोखरा १९ घार्मीमा रहेकाे गायत्री बहुउद्भेश्यीय सामूदायिक सिकाई केन्द्रकाे आयाेजना तथा विन्धेश्वरी मा.वि.काे व्यवस्थापनमा अभि भावक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।

गायत्री सामूदायिक सिकाई केन्द्रका अध्यक्ष शाेभामाेहन पाैडेलकाे अध्यक्षतामा विन्धेश्वरी मा वि तल्लाकाेटमा आयाेजित साे कार्यक्रम मा पाेखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे प्रमुख अतिथिकाे रहनु भएकाे थियाे भने विशेष अतिथिमा वडा सदस्य विकास कुमार आचार्य हुनुहुन्थ्याे।

कार्यक्रममा प्रशिक्षक द्वाेय लेखनाथ लामिछाने तथा सुरेन्द्रमान सिंह भण्डारीले बालिकाकाे शैक्षिक विकासमा अभिभावककाे महत्वपूर्ण भूमिका एवम् जिम्मेवारीकाे विषयमा प्रशिक्षण दिनु भएकाे थियाे।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पुष्पेन्द्र पाण्डेले बालबालिकाहरु लाई व्यवाहरिक शिक्षा दिनमा बिधालयको भन्दापनि अभिभावक हरुकाे महत्त्वपूर्ण भूमिका रहने बताउनु भयाे । पाण्डेले जबसम्म संस्कार सहितकाे शिक्षा हुँदैन तबसम्म शैक्षिक विकास अपूर्ण रहन्छ भन्दै अभिभावक तथा बिधालय परिवार दुवै मिलेर बालबालिकाहरु लाई संस्कार सहितकाे शिक्षा दिनमा जाेड दिनुभयाे।

त्यस्तै विन्धेश्वरी मा वि का प्र अ श्रीराम आचार्यले बिधालय को अभिभावकहरु संग समन्वय गरि बालबालिकाकाे, शैक्षिक तथा व्यक्तित्व विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकाे बताउनु भयाे ।

कार्यक्रममा बाेल्दै सिकाई केन्द्रका अध्यक्ष शाेभामाेहन पाैडेलले अभिभावकहरु प्रशिक्षित बने बालबालिकाहरुमा पढने बानीकाे विकास संगै अनुशासन र शैक्षिक गुणस्तरमा पनि बृद्धि हुने बताउनु भयाे ।

प्रशिक्षण कार्यक्रममा, विन्धेश्वरी मा. वि. व्यवस्थापन समितिका अध्यक्ष एकराज ढुङ्गाना, शिक्षक अभिभावक संघका अध्यक्ष शिव बहादुर के सी, महेन्द्र मा वि विधालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेल स्थानीय अभिभावक डाेल्मा पुन मगर लगायतले बाेल्नु भएकाे थियाे ।

विधालय का प्र अ श्रीराम आचार्यकाे संचालन तथा बिधालय व्यवस्थापन समितिका सल्लाहकार शंकर ढुङ्गानाले स्वागत मन्तव्य राख्नुभएको साे कार्यक्रममा सिकाइ केन्द्रकी परिचारिका पवित्रा शर्माले गायत्री बहुउद्धेसीय सामूदायिक सिकाई केन्द्रकाे संक्षिप्त रिपाेर्ट दिदै सिकाई केन्द्रले वडामा शैक्षिक विकास,महिला शसक्ति करण तथा सामाजिक चेतनाका विषयमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेकाे र समय सापेक्ष बिधालयको भाैतिक विकासका लागि पनि आर्थिक सहयाेग पु-याउदै आएकाे बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस्: