Worldlink Communications

श्रीमती भेट्न अमेरिका जानुभएका मोतिलाल तिमल्सिनाले अमेरिकाबाट आएकै भोलिपल्ट बाटै पाउनुभयो कार्यबाहक मेयर

कात्तिक २० , पोखरा

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले कार्यपालिकाको प्रवक्तासमेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिम्सिनालाई अमेरिका हुदै कार्यबाहक मेयरको जिम्मेवारी दिनु भएको  छ ।

मेयर धनराज आचार्य संयुक्त राष्ट्र संघको ‘दिगो शहरी विकास र मानव बसोबास सम्बन्धी विश्वव्यापी छलफल’ कार्यक्रममा भाग लिन इजिप्टमा र उपमेयर मञ्जुदेवी गुरुङ पारिवारिक भ्रमणमा साइप्रस मा हुनुहुन्छ ।

मेयर धनराज आचार्य अमेरिका भ्रमणमा गएको बेला मेयर र प्रवक्तासमेत रहनुभएका तिमिल्सिनाले अमेरिकामै औपचारिक कार्यक्रममा सँगै सहभागिता जनाउनु भएको मोतिलाल तिमल्सिना करिब दुइ महिना अमेरिका बसेर फर्किएलगत्तै कार्यवाहकको जिम्मेवारी पाउनु भएको हो। कार्यालयमा उपस्थित नहुँदासम्मको लागि कार्यबाहक भन्नुभएको छ, अबको ४/५ दिनमा त उहाँका फर्किने कार्यवाहक मेयर मोतीलाल तिमिल्सिनाले बताउनुभयो।

मेयर उपमेयर दुवै देस बाहिर भएको समयमा महानगरपालिका भित्रका १८ जना प्राविधिक लाई हटाउने निर्णय गरेपछि कर्मचारी आन्दोलित छन्, उनीहरुको आन्दोलनलाई नेकपा एमालेले समर्थन गरेको छ । एमाले समर्थित कर्मचारीहरुको आन्दोलनका कारण सेवानै प्रभावित बनेको समयमा कार्यवाहक मेयर बन्न पुग्नुभएका  मोतीलाल तिमिल्सिनालाई कार्यवाहक मेयरको पद फलामको चिउरा बनेको छ ।

पोखरा महानगरपालिकाले कात्तिक १५ गते १८ जना प्राविधिकलाई कात्तिक सम्मको सेवासुविधा दिएर हटाउने, ७ जना शिक्षिका र परिचालिकालाई कार्यालय सहयोगीमा झार्ने  गरेको निर्णय समय सापेक्ष समय सान्दर्भिक नभएकोले एमाले समर्थित जनप्रतिनिधि हरूले आन्दोलनलाई समर्थन गरिरहेको एमाले निकट स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्: