पुराना पुस्तालाई खुलेआम गालीगलौज र नारा जुलुस गर्दा रमाएका नयाँ पुस्तालाई हामी कुन संस्कृति सिकाउँदैछौँ
कार्तिक २१ , पोखरा
आज हामीले नयाँ पुस्तालाई कुन सस्कृतिबाट परिचालित भएर के दिन खोजेरहेका हौं र के दिँदैछौ भन्ने बिषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
अहिलेको परिवेशमा युवाहरूको मनमा धेरै नै वितृष्णा पैदाभएको छ ती सबको कारक तत्त्व भनेको पुराना पार्टीहरूको पुराना नेताहरू हुन् भन्दा अतिशयक्ति नहोला जति आस गरिएको हो त्यो आश कसैले पनि कहिँबाट पनि पूरा गर्ने लक्षण आजका मिति सम्बन्धित नदेखिएपछि यो वितृष्णाको कुण्ठाको र आवेगको उच्चतम अवस्था चाहि पक्का हो । तसर्थ देश र जनताले परिवर्तन मागेको कुरा पनि पक्का हो।
तर त्यसो भन्दाभन्दै दोस्रो तेस्रो पुस्ताले दिन खोजेको शासन व्यवस्था कस्तो हो के हो भन्ने विषयमा प्रष्ट देखिएको छैन र बुझिएको पनि छैन। रोडमा पुराना नेताहरूलाई धारे हात लाउँदै शङ्ख बजाउँदै मर्यो भन्दै आजै मर्छ भोलि नै मर्छ। भन्दै तिमीहरूले आजसम्म यत्रो भ्रष्टाचार गर्यौ हामीले यति गर्दा कति खेच्छौ भन्ने खालको प्रवृत्तिले अगाडि बढ्ने हो भने हामीले देखेको नेपालको परिकल्पना कस्तो गरेको हो त हामी हरेक व्यक्तिहरु अब जवाफदेही बन्नुपर्दैन विगतका आन्दोलनहरूमा धेरै शहिदहरूले सहादात प्राप्त गरे र केहीलाई राज्यसत्ता बक्स पनि भयो तर देश र जनताको व्यवस्था फेरि पनि अवस्थाको परिवर्तनको लागि सबै गैरजिम्मेवारी बने जवाफदेही बन्न सकेनन त्यसको बदलामा अबका नयाँ पुस्ताहरु हामीहरू व्यवहारिक बन्नु पर्दैन यो विषय गम्भीर भएर आएको छ र आउनु पनि पर्छ।
अहिलेको नयाँ पुस्ताले देशको प्रधानमन्त्री मर्छ अर्थात् मर्यो, यही बेला हो मार्दिहाल जस्ता थुप्रै थुप्रै गालीगलौज गरेको छरप्रष्ट सुन्न सकिन्छ के यो ठिक छ त ? अनि कोहि नेता बिरामी छ बिरामी भएको बेलामा पनि अब यो मर्छ मर्नुपर्छ भनेर भन्नु राम्रो हो ? अलिकति भएपनि मानवीय संवेदनशीलता त होला नि खै त्यो कहाँनेर देखियो ? हामीले हाम्रो समाज कता लाँदैछ हाम्रो जिम्मेवारी कहाँबाट कता जाँदैछ भन्ने विषयमा सोच्न पर्दैन !
अब त पुराना पुस्ताले पुराना पार्टीले पुराना नेताहरूले केही पनि गर्न सक्दैनन उनीहरू विचारले लेख्छन् भिजनले लेख्छन् उनीहरूको दिमागले काम गर्दैन भन्ने कुरो जानिसकेपछि नयाँ पुस्ताले पनि पुरानै पुस्ताको सोच राखेर हिँडेपछि व्यवहार देखाएपछि देश अब कहाँ कसरी जान्छ यो सबैले गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको छ।
राज्य सत्ता नयाँ पुस्ताले प्राप्त गरिन्छ अर्थात् गर्ने हो भन्ने लडाई लडिरहेका सबै आन्दोलनहरू बाट प्राप्त गर्ने राज्य सत्ता प्राप्त हुन्छ भन्ने विश्वासका साथ आन्दोलन गरेको हो भने हामीले पनि अब केही गर्न सक्छौं भन्ने सोच राख्ने कि नराख्ने राख्ने हो भने अलि जिम्मेवारी बन्नुपर्छ। नत्र भने विगतका आन्दोलनहरुमा पाएको सफलतापछि प्राप्त गरिएको शासन व्यवस्थामा देस र जनताप्रति विश्वासिलो र जिम्मेवारी बन्नुपर्छ कि पर्दैन त्यसको नेतृत्व गर्न सक्षम व्यक्तित्व हामीसँग छ कि छैन हामी जति विषयका उठान गरेका छौँ जति कुरा गरेका छौं त्यतिको जवाफदेही बन्न सक्छ कि सक्दैनौं भन्ने विषयले नयाँ पुस्ता जिम्मेवार बनेको छ कि छैन हामीले के कुरा सिकाइरहेका छौं के कुरा हुँदैछ सोचनीय कुरा छ।
यी यावत विषयहरूले मनहरु पोलिरहन्छ त्यसो त अहिलेका नेताहरु धारे हात लाउनै पर्ने त छन् नै गाली गर्नुपर्ने त छन् नै यी सबै कुराहरु हुँदाहुँदै पनि के हामी नयाँ पुस्ताहरू जिम्मेवार नबनिरहेको अवस्थामा सबैले सबैलाई त्यत्तिकै विश्वास गर्न सकिन्छ त भन्ने प्रसङ्गमा मलाइ अलिकति रिजर्भ रहन मन लाग्यो किनभने अहिलेको नेतृत्व देखिरहेको छु कसैका श्रीमान विदेशी छन् कसैका श्रीमती विदेशी छन् कसैका छोराछोरीहरु विदेशमै बसेका छन् कसैका छोराछोरीहरू विदेशमै पि आर होल्डरहरू छन्।
विशेषगरी सामाजिक सञ्जालमा एक किसिमको प्रोपोगाण्डा भाइरल बनाइएको छ। विदेशबाट धेरै पढेका मास्टर डिग्री गरेका मासिक लाखौंको तलब छोडेर नेपालमा केही गर्छौं भनेर आएकाहरु ले देशलाई केही गर्छु भनेर आएका छन् उनीहरूलाई केही गर्ने वातावरण मिलाइएको छैन दिइएको छैन भनिएको छ यही प्रसङ्गमा मलाई आज आफ्नो सो मूल्याङ्कन गर्न पर्दा म पनि २०४६ सालको जनआन्दोलन मजासँग लडेको मान्छे देश र जनताको आमूल परिवर्तन हुन्छ भनेर परिवर्तनको संवाहक नेपाली कांग्रेस र नेकपा एमाले नै हो भन्ने सबै जनताको ठम्याई भएपछि बुझाइ भएपछि म पनि एमालेको सशक्त विद्यार्थी हुँदै आन्दोलनमा होमिएको मान्छे तर कुनै पार्टीले पनि केही नगर्ने लक्षण नदेखेपछि २०५२ मा नेकपा माओवादी ले जनयुद्ध घोषणा गर्यो त्यसपछि मलाई परिवर्तनको निम्ति लड्न मन लाग्न थाल्यो एमाले कांग्रेसले केही गर्दैछन् भनेर मैले पत्याउनै छाडेँ। त्यसपछि म परिवर्तन चाहने म त्यहाँ रहने कुरै आएन मसँग देश र जनताको स्थिति र परिस्थिति परिवर्तन गर्न पाए हुन्थ्यो भन्ने ठूलो हुटहुटी थियो यद्यपि अहिले पनि त्यो हुटहुटी छ।
मेरो मनभित्रको उत्कृष्ट सिद्धान्त भनेको परिवर्तन नै हो मेरो परिवर्तनको सोचाइ भनेको हरेक जनताको गास बास कपास शिक्षा स्वास्थ्य रोजगार को ग्यारेन्टी भइरहँदा म आफ्नो परिवर्तन पनि त्यहीबाट स्वभाविक रुपले मेरो जीवनमा पनि परिवर्तन हुनेछ भन्ने विश्वासका साथ ५४/ ५५ बाटनै माओवादी जनयुद्धमा लागियो। ठूलो विश्वाससँगै पटकपटक जिउँदै मारिँदा र बाँच्दाको पेरिफेरीमा माओवादीको र सरकारको लडाई नहार न जितको संघारसँगै गुज्रिरहँदा ६२/६३ को आन्दोलन पनि लडियो। तत्पश्चात नेकपा माओवादीको सरकार आयो तर पनि जनताले परिवर्तनको न राहत पाए न त देशले मिचिएको भूभाग पायो ! यस्तै यस्तै दुःखद परिवेश सँग जीवनसँग पौठे जोडी खेल्ल्दै दुःखहरू झेल्दै आइरहँदा जहाँ पनि नातावाद ,कृपावाद ,फरिया, टोपी यावत यावत विषयहरूले आफ्नालाई पोस्ने पटकपटक एउटा मात्र व्यक्ति सांसद बन्नुपर्ने मन्त्री बन्नुपर्ने अध्यक्ष बनिरहनुपर्ने अझै भनौँ भनेदेखि चितामा जानुभन्दा अगाडिसम्म पनि पदमा बसिराख्न खोज्ने प्रवृत्ति भने नेपालमा दोस्रो तेस्रो पुस्तामा वितृष्णा मौलाएको छ दोस्रो पुस्ता छाडिदिउ अबत तेस्रो पुस्ता समेत ४० कटिसक्दा पहिलो पुस्ताले दोस्रो पुस्तालाई नदिने दोस्रो पुस्ताले तेस्रोलाई कल्पनै गर्न नसक्ने परिवेश आइरहँदा देशले यस किसिमक नियति घटना परिघटनाहरु भोगिरहेको दुखद अवस्थाबाट त कोही टाढा जान सक्दैन।
यति हुँदाहुँदै पनि नयाँ पुस्ता अर्थात् युवा पुस्तालाइ सामाजिक सञ्जालमा यति तल्लो स्तरमा झारेर मानवीय संवेदनशीलता माथि खेलवाड गर्दै जिम्मेवार व्यक्तित्वहरूलाई आपत्तिजनक गाली ग्लाौज गरिरहँदा राज्य के हेरिरहेको छ अर्थात् हामीले के सिकाइरहेका छौं भन्ने विषयको गाम्भीर्यतालाई नजिकबाट हेर्न र बुझ्न अनि देख्न सक्छौ। यसरी गालीगलौजमा उत्रिएर मानवीय संवेदनशीलतालाई बिर्सिएर कमेन्टहरूको वर्षा गराएर फेरि पनि नयाँ पुस्तालाइ के सिकाइरहेका छौँ हामीले के दिन खोजिरहेका छौ राष्ट्रियता के हो ?संस्कृति के हो ? भन्ने संवेदनशील विषयहरूमा सबै बुझ्ने हुन जरुरी छ। अर्थात् दोस्रो तेस्रो पुस्ता लाई देश र जनताप्रति समर्पित बनाउँदै अगाडि बढाउने जुन विषय छ त्यो विषयबाट नयाँ पुस्ता पाखा लाग्दै हिँडेका त छैन हेक्का हुन जरुरी छ।।
नयाँ पुस्ता पनि हाम्रो जिम्मेवारी के हो हामीले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने विषयबाट टाढा भएका त छैनौ आज हामीले पाउन नसकेको लिन नसकेको हक अधिकारका कुराहरू सम्मान का बिषयहरु नीति नियमका कुराहरू जुन आज हामिले उठाएका विषयहरु भोलि भोलि पूरा गर्न को लागि सबै जिम्मेवारीहरू हाम्रो काँधमा आउनेछन त्यस अवस्थामा हामीले उठान गरेका सबै विषयहरू हामीले पूरा गर्न सक्षम छौँ कि छैनौं भन्ने हेक्का पनि नयाँ पुस्ताले राख्नुपर्ने हुन्छ।
विषयको गम्भीरतालाई बुझ्दै नबुझी वास्तविकताभन्दा टाढा हुँदै फेरि पनि धेरै मानिसहरूको पीडाको छटपटीको आवाजलाई छट्टु स्यालहरूले झैँ आफ्नो स्वार्थ पूरा गरेर फेरि कतै हराउने उही पुरानै पार्टीका झोले नेता कार्यकर्ताहरू कुनै फरक छैनन् भनेर भन्नु भन्दा व्यवहारमा निखारता ल्याई कार्यकर्ताको मन जिती विश्वासका साथ विश्वासयोग्य ,मननयोग्य र जिम्मेवारपूर्ण तरिकाले म यसो गर्छु। हामी यसो गर्छौं भन्ने खालको संस्कृतिक शिक्षा दिनुको सट्टा हामीले नयाँ पुस्ताको नेतृत्व गरिरहेको नाउँमा नयाँ पुस्तालाई गलत संस्कृति सम्प्रेषण गरिरहेका त छैनौं भन्ने सबैले हेक्का राख्न जरुरी छ।
अहिले आन्दोलन गर्नका निम्ति आन्दोलन गरेर गलत ठाउँमा बसेर गलत कुराको व्याख्या गरेर चर्का कुरा गर्दै भोलि सोहि कुरा लाइ व्यवहारमै उतार्नको लागि संयमताता चाहिन्छ जनता रोडमा उतार्न सामर्थ्यवान बन्ने तर काम फत्ते गर्न नसक्ने अवस्था सिर्जना नहोस् गाली गर्न छोड्नुपर्छ। तैले हिजो गलत गरिस् आज हामीले पनि अलिकति गल्ती गरेका त हौ नि भन्ने प्रवृत्ति छोड्नै पर्छ।
हिजो हामीले ४६ सालमा देखेको हिजो हामीले ६२/६३ मा देखेको भिडले आस गरेको मस्कत आज नेपाली जनताले पाए कि पाएनन् भन्ने जगमा उभिएर भोलिका दिनमा हामीले सोही कुरा दिन सक्छौं कि सक्दैनौ !जस्ताको तस्तै व्यवहारक रुपमा नै गर्न सक्छौँ कि सक्दैनौं सक्छौ भने ठिक छ होइन अन्यथा केही हो भने यस्तो संस्कृति मानवीय संवेदनशीलता हराएको संस्कृति धेरै दिन टिक्दैन।
अहिलेका सामाजिक सञ्जालमा देखिएका मानव संवेदनशीलता नभएका मानवताको पराकाष्ट नागेका उशृङ्खल अराजक असभ्य कमेन्टहरु हेर्दा नयाँ सोचिएको जिम्मेवार नेतृत्व लाई साह्रै सकस पर्ने देखिन्छ तसर्थ अलि जिम्मेवार भन्ने कि पुराना राजनीतिक पार्टीहरुले त्यत्रो घुस खाँदा त्यत्रो भ्रष्टाचार गर्दा तिनलाई केही नगर्ने तर हामीले यति गर्दा यत्रो शासन यो त हुँदै भएन किमार्थ भएन यस्तो रोइलो गर्नु हुँदैन।
राजनीतिमा परिपक्वता हुनैपर्छ। यो रोइलोले एकैछिन त ठिकै गर्ला। तर यो समाप्त भएपछि खोजी मर्दा नपाउन सकिन्छ। मेरा सोचाई मेरा भनाइ तपाईंहरुलाई मन नपर्न पनि सक्छ। मसँग राम्रो अनुभव छ म आफै खारिएर आएको मान्छे देश र जनताको स्थिति र परिस्थिति बदल्छु भन्दाभन्दै म पनि विदेश जान बाध्य भएको थिए। विदेशमा गएकाहरुलाई स्वदेशको माया कति हुन्छ भन्ने कुरा म राम्ररी बुझ्न सक्छु।
फेरि पनि भन्न मन लाग्छ अहिलेको नया पुस्ताले कुन नया संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दैछ र कसरी हस्तान्तरण गर्दैछ भन्ने विषयमा गम्भीरताका साथ सोचिन जरुरी छ। भने अर्कोतर्फ आज खड्कप्रसाद ओलीको सरकार मात्र होइन भोलि शेरबहादुर देउवाको सरकार मात्र पनि होइन रविको सरकार पनि बन्न सक्छ। अर्थात् बालेनको सरकार पनि बन्न सक्छ। त्यतिबेला पनि हामीले सिकाएको संस्कृति त त्यही हुनेछ जुन हामीले सिकाएका थियौ त्यसकारण मानसम्मान भनेको के हो ? संस्कृति भनेको के हो ? रीतिरिवाज , परम्परा भनेको के हो ? भन्ने विषयलाइ बिर्सिएर पुराना भनिएका पार्टी र व्यक्तिहरूलाई अर्थात् हजुरबाहरुलाई गाली गर्दैमा , यिनीहरूले केही गर्न सक्दैनन् भनेर अपमानको भारी बोकाउँदै उनीहरूको नयाँ पुस्ताप्रतिको माया र संयमतालाई कमजोरी ठान्दैमा नयाँ पुस्ताको माग पूरा नहुने बरु उनीहरूलाई सल्लाहकार हजुरबा कै रुपमा मानेर अगाडि बढेमा नयाँ पुस्ता नयाँ नेपालको मार्ग प्रशस्त हुनसक्ने हुनाले बुढा पुस्तालाई अपमान होइन सम्मान गर्दै नयाँ पुस्ताले विश्वास बटुल्दै आन्दोलनलाई सफल बनाउन सकिने छ ।
अन्त्यमा २०४६ सालको परिवर्तन राज्यको लाभका पदमा बसेका हरेक मानिसको सम्पत्ति छानबिन हुनुपर्छ राज्यको सम्पत्ति दोहन गरि हिनामिना गरेकालाइ सर्वस्व सहित सबैलाई कारबाही हुनैपर्छ।
लेखक: परिवर्तननूज.कमका सम्पादक प्रकाश अधिकारी