Worldlink Communications

१७ बर्षिय रविन परियार कात्तिक २८ गतेबाट बेपत्ता : खोजिगरिदिन आग्रह

मंसिर २ पोखरा

पोखरा ३२ राजाको चौतारा व्रह्मरुपा मा वि कक्षा ७ मा अध्ययन गर्ने १७ बर्षिय रविन परियार कात्तिक २८ गतेबाट आजका सम्म सम्पर्क मा आएका छैनन।

गगनगौडा २८ गते बिहान घरबाट स्कुल हिँडेका रबिनलाइ  साथि भाई आफन्त र चिनजानका घर कतै पनि नभेटिएपछि उनका बाबा राजकुमार परियार र आमा बिना परियारले छोराको खोजी गरिदिन सबैसँग अनुरोध गर्नुभएको छ ।

घरबाट करिब दुइ किलोमिटरको फरकमा रहेको स्कूलजान निस्केका रविनले नजिकैको साथीकोमा गएर ड्रेसको कपडा फेरेर साथीकै कपडा लगाएर निस्केको र आफ्नो साथीलाई समेत म कहाँ जान्छु भनेर नभनी  हिँडेको रबिनका बाबु राजकुमार परियारले बताउनुभयो ।

छोरा हराउने बित्तिकै मामाघरतिर पो गयो कि भनेर  आफ्नो माइती अर्मलातिर खबर गरेको भएपनि माइत तिर नभएकोले सबैजना आउनुभयो, निकै खोजियो तर बाबु भेटिएन छैन अरु दिन स्कुल जान्न भनेर कनकन गर्ने रविन त्यो दिन भने हाँसीखुसी घरबाट निस्केको उनकि आमा बिना परियारले बताउनुभयो ।

यस बिषयमा जिल्लाप्रहरी कार्यालय कास्कीको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले समेत सूचना जारी गरिसकेको छ । हराएको समयको हुलिया अनुसार उनको हाइट करिब ४ फिट अग्लो रहेको हिँड्दा उनले पहेंलो पहेंलो खरानी रङको टिसर्ट, खरानी रङको पाइन्ट र चप्पल लगाएका छन् । जहाँ जसले जसरी भेटे पनि छोरा भेट्न पाए हुन्थ्यो भनेर उनका आमा बुवा भन्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्: