Worldlink Communications

दिप युनाइटेड क्लबको नवौ वार्षिक साधारण सभा एवंम् चौथो अधिवेशन सम्पन्न, प्रमुख मिडिया प्रा. लि. सम्मानित 

मंसिर ३ पोखरा

पोखरा १६ मा अबस्थित दिप युनाइटेड क्लबको नवौ वार्षिक साधरण सभा एवंम् चौथो अधिबेशनबाट सर्वसम्मत अध्यक्ष विष्णु कुमारी गुरुङ हुनुभएको छ भने प्रमुख खबर डट कमका प्रधान सम्पादक सञ्जय थापा सम्मानित हुनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा १६ का वडा अध्यक्ष अंमृत शर्मा तिमिल्सिना रहेको सो कार्यक्रममा विशेष अतिथि बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ हुनुहुन्थ्यो। कार्यक्रममा शर्माले कुनै पनि काम एक्लै नेतृत्व गरेर सम्पन्न हुदैन जसका लागि सबैको हातेमालो आवस्यक रहेको हुदा हरेक कुरामा सबै जना मिलेर अघि बढ्नु पर्नेमा प्रस्ट पार्नुभएको थियो।

“सद्भाव र सहकार्यका लागि एकता” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेको यस दिप युनाइटेड क्लबले समाजमा रहेका जातजाती, धर्म, संस्कृतिका साथै समुदाएका बिच भाईचारा एबम् सद्भाव कायम राख्दै आएको क्लबका सचीव भिम आचार्यले जानकारी दिनुभयो । त्यस्तै क्लबले खेलकुद, समाज परिवर्तन, सुरक्षा, शिक्षा र युवापुस्ताहरूलाई चौतर्फी विकास संगसंगै रचनात्मक तथा सामाजिक कार्यमा सरिक गराउनु, लागुपदार्थ दुर्ब्यसनिबाट बचाउनु साथै स्थानीय सरकार संगै रहि समाज बिकासका लागि टेवा पुर्‍याउन क्लबले मुख्य उद्धेश्य राख्दै अघि बढेको छ । कार्यक्रममा आजीवन सदस्य लगाएत अन्य ब्यक्तित्वहरू ले शुभकामाना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कार्यकाल अबधीभरी क्लबले आयोजना गरेका विभिन्न बिधाका कार्यक्रममा संयोजक रहेर कार्यक्रम सम्पन गरेको अबसरमा संयोजकहरूलाई खादा, दोस्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो भने प्रमुख मिडिया प्रा. लि. ले क्लबले आयोजना गरेका हरेक गतिबिधीका कार्यक्रमका समाचारलाई मिडिया मार्फत प्ररचार प्रसारमा पुर्‍याएको योगदानको कदर गर्दै प्रमुख मिडिया प्रा. लि. र प्रधान सम्पादक संजय थापालाई खादा, दोसल्ला र प्रमाणपत्र ले सम्मान गरेको क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा क्लबका प्रमुख  सल्लाहकार राजेश गुरुङले क्लबको स्थापना भए संगै समाजमा भाईबन्धुको सम्बन्ध स्थापित गर्दै अग्रभागमा रहेर सदा कार्य गर्दै आएको र कोरानाकालमा क्लबले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गराए । कार्यक्रममा विभिन्न संघ- संस्थाका व्यक्तिहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रममा चौथो अधिबेशनबाट सर्बसम्मत बिष्णु कुमारी गुरुङलाई अध्यक्षमा चयन गरेको छ । भने उपाध्यक्षमा रोशन गुरुङ सचिवमा अनिल अधिकारी, सह- सचिबमा किरण आचार्य र कोषाअध्यक्षमा उषा कुमारी गुरुङ लगाएत सदस्यमा अर्जुन गुरुङ, अनिस पौडेल क्षेत्री, सन्तोष गुरूङ, सन्तोष दर्जी, रेखा लम्साल, सन्तोष गुरुङ, जनक पाठक सहित नयाँ कार्यसमिति सदस्य चएन हुनु भएको छ । क्लबका अध्यक्ष खेमराज आचार्यलेको अध्यक्षतामा भएको कार्यक्रम क्लबका सचिव भिम आचार्यले सञ्चालन गर्नुभएको थियोगरेका ।

प्रतिक्रिया दिनुहोस्: