मादी गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्ध जागरण अभियान सुरु
मंसिर ११, पोखरा
मादी गाउँपालिकाले १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियान कार्यक्रम पालिकाको सभाहलमा मंसिर १० बाट २५ गते सम्म पालिकाको क्रमश सबै वडाहरुमा गर्नेगरि सुरु गरेको छ।
आज गाउँपालिकाको सभाहालमा भएको कार्यक्रमको अध्यक्षता वड सदस्य दीपा गुरुङको अध्यक्षतामा भएको थियो। कार्यक्रमको प्रमुख अतिथि मादी गाउँपालिकाका उपप्रमुख कल्पना गुरुङ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा मादि गाउँ पालिका को प्रशासकीय प्रमुख कमल गौतम ले गर्नुभएको सो कार्यक्रम मादी गाउँपालिकाका वडा वडाध्यक्ष र जनप्रतिनिधिहरूको उपस्थितिमा सुरु गरिएको थियो।
ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कल्पना गुरुङले लैङ्गिक हिंसा भनेको पुरुषले महिलालाई मात्रै हिंसा गरेको बुझ्नु हुँदैन महिलाले पनि पुरुषमाथि हिंसा गरेको कुरा बताउनुभएको थियो । हिंसा भनेको शारीरिक, मानसिक ,आर्थिक र विविध किसिमले हुने भएको हुनाले त्यसबाट बढी मात्रामा महिला हरू पीडित भएको बताउनुभयो। वास्तविक जीवनमा पनि महिलाहरु नै बडि पीडित भएर न्याय माग्न आएको हामीले पाएका छौं भन्नुभयो।
साँच्चिकै अन्यायमा परेका पुरुष या महिला दुवैले न्यायको निम्ति सर्वप्रथम वार्डमा जानुहुन आग्रह गर्नुभयो वार्डबाट पनि समस्या सुल्झाउन नसके पालिकामा आउन अनुरोध गर्नुभयो भने त्यसपछि मात्रै अदालतहरूमा जान सक्ने कुरा जानकारी दिनुभएको थियो । हिंसा सहनु पनि अपराध हो भन्दै आजको यो तालिमले यो प्रशिक्षणले सबैले आफ्नो हक अधिकार को बारेमा बुझ्ने मौका पाउनुहुनेछ जसले गर्दा आगामी दिनमा कोही पनि हिंसामा पर्न पर्दैन भन्नुभयो।
विशिष्ट अतिथि मादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले समाजमा जकडिएर बसेको लैङ्गिक हिंसा को लामो फेरिस्ता भएपनि यसलाई तोड्न पर्ने यसलाई परिवर्तन गर्नुपर्ने र यो बजारमा आउनैपर्ने भएको हुनाले एउटा न एउटाले न्यायको ढोका ढकढक्याउनै पर्छ न्याय माग्नको लागि कसैले केही भन्छ कि भन्दै डराएर शरणमा पर्नुभन्दा आफू नै आफ्नै मालिक बन्नुपर्ने बताउनुभयो ।
मादी गाउँपालिकाको सबै वार्डहरूमा गरिने यस किसिमको कार्यक्रम आयोजना गरिएको हो भने आजको कार्यक्रम वडा नम्बर ३ मा बसोबास गर्नुहुने सबै किसिमका दाजुभाई दिदीबहिनीहरूको उपस्थितिमा लैङ्गिक हिंसा विरुद्ध अभियान कार्यक्रम शुरु गरिएको सो कार्यक्रमको प्रशिक्षकको रुपमा प्रशिक्षण दिनको लागि सुष्मा पौडेल हुनुहुन्थ्यो भने मादी गाउँपालिका लेखामा कार्यरत कर्मचारी देवी शर्मा, कोपिला नेपालको साझेदारी पवित्र पौडेल र वडाध्यक्ष निरज गुरुङ लगायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा नाटक पनि प्रस्तुत गरिएको थियो भने कार्यक्रमलाई भव्य र सभ्य रुपले मादी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख कर्ण गुरुङले सञ्चालन गर्नुभएको थियो।