Worldlink Communications

विश्व माटो दिवस मनाउँदै माटो तथा परीक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखरा

मङ्सिर २०, पोखरा

“माटो सुधार परीक्षण रेखदेख र उपचार” भन्ने नाराका साथ एघारौँ बिस्व माटो दिवस कार्यक्रम गण्डकी प्रदेश माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराले गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. टंकप्रसाद पर्साईले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घघाटन गर्दै माटो भन्ने शब्द हेर्दा र बुझ्दा जति सजिलो बुझिन्छ त्यति नै जटिल भएको बताउँदै आजको परिवेशमा माटोलाई सबैले जोगाउँदै कृषि उत्पादन बढाउने तर्फ उन्मुख हुन सबै तहका जिम्मेवार व्यक्तिहरू अझै जिम्मेवार बनेर कृषि मा उत्पादन बढाउनुपर्ने विषयमा जोड दिनुभयो।

माटो सुधार परीक्षण रेखदेख र उपचार भन्ने नाराका साथ राखिएको यो कार्यक्रम आफैमा सराहनीय भएको बताउँदै माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेश पोखराको प्रशंसा गर्नुभएको थियो।

प्रमुख अतिथि डा. टंक प्रसाद प्रसाईले कृषकहरूको घरघरमा नै गएर माटो परीक्षण गराउन सकेमा अझै राम्रो हुने बताउनुभयो। भने कार्यक्रमका विशिष्ट अतिथि कृषि विकास निर्देशनालयका निमित्त महानिर्देशक बालकृष्ण अधिकारीले माटोको बारेमा सबैले हल्का रूपले लिइएको हुनाले यसबाट हुने उत्पादन हुन नसकेकोले हामी सबैले आआफ्नो ठाउँबाट जिम्मेवार बन्दै माटोको महत्व कति छ भन्ने त्यसको गम्भीरतालाई बुझेर माटो बिना केही पनि उब्जनी नहुने बिषयको महत्व बुझाउन सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रमलाई आकर्षक बनाउनको लागि “माटो सुधार परीक्षण रेखदेख र उपचार” भन्ने शीर्षकमा सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूबाट लेख रचना आह्वान गरिएको थियो । आह्वान गरेअनुसार ११ वटा बिद्यालयका विद्यार्थी भाइबहिनीहरूबाट लेख रचना प्राप्त भएको थियो। तीन सदस्य मूल्याङ्कन समिति को निर्णय अनुसार श्री बिन्देशवरी माध्यमिक विद्यालयका विद्यार्थी सोनिया अधिकारीले सान्त्वना, चिसाखोला माध्यमिक विद्यालय का विद्यार्थी अपिल अधिकारीले तेस्रो , अन्नपूर्ण माध्यमिक विद्यालय का विद्यार्थी बिमल बि  क ले दोस्रो र अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थी प्रञ्जल पौडेलले प्रथम पुरस्कार पाएका थिए।

माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशका कार्यालय प्रमुख सुशील पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरामा रहेका कृषिसँग सम्बद्ध कार्यालय प्रमुखहरू लाई आमन्त्रण गरिएको सो कार्यक्रममा प्रथम भएका अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थी प्रञ्जल पौडेलले आफूले लेखेको लेख वाचन गरेर सुनाएका थिए। कार्यक्रम लाइ भव्य र सभ्य रूपले कार्यालयका कर्मचारी ना. प्रा.स रमेश प्रसाद बरालले सञ्चालन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्: